२२ जेठ २०८३, शुक्रबार

सर्वोच्चको आदेशपछि मधेसी मोर्चाको पहिलो बैठक: के गर्यो निर्णय ?

कात्तिक २०, २०७४
सर्वोच्चको आदेशपछि मधेसी मोर्चाको पहिलो बैठक: के गर्यो निर्णय ?
काठमाडौँ, २० पुस - संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधनका विषयमा सर्वोच्च अदालतले सोमबार गरेको आदेशको स्वागत गरेको छ ।morcha

आज बसेको मोर्चाको बैठकले सर्वोच्चको आदेशपछि संविधान संशोधन प्रस्ताव अगाडि बढाउन बाटो खुलेको भन्दै स्वागत गरेको राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले जानकारी दिए । सरकारले संसद्मा प्रस्तुत गरेको प्रस्ताव परिमार्जनसहित दर्ता गर्नुपर्ने ठहर बैठकले गरेको छ । संशोधन प्रस्ताव पारित गर्न अन्य दलहरुलाई आग्रह गर्नेसमेत बैठकले निर्णय गरेको महासचिव झाले बताए ।

बैठकले संविधान संशोधनका लागि थप दबाबमूलक आन्दोलनका कार्यक्रम बनाउने जिम्मा मोर्चाको सचिवालयलाई दिएको छ । मोर्चाले प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा(माओवादी केन्द्र) सँग बिहीबार थप छलफल गर्ने भएको छ । मोर्चाको बैठक बस्नुअघि आजै मोर्चा आबद्ध सङ्घीय गठबन्धनको बैठकसमेत बसेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्