
नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले तरलताको अभावले पूर्वाधार विकासमा ठूलो चुनौती आएको बताएका छन् । परिसंघले आयोजना गर्न लागेको पूर्वाधार समिट २०२२ बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
अध्यक्ष अग्रवालले तरलता अभाव र बढ्दो मुद्रास्फीतिले पूर्वाधार विकासका लागि चुनौती बढ्दै गएको बताए । उनले पछिल्लो समय पूर्वाधार विकासमा आवश्यक सामग्रीको लागत बढ्दै गइरहेको बताए । उनले भने, ‘पूर्वाधार क्षेत्रमा अहिले चुनौती थपिँदै गएको छ, लागत बढ्दै गएको छ ।’
अध्यक्ष अग्रवालले अहिले पूर्वाधारको दिगो विकास आवश्यक रहेको भन्दै यस्ता परियोजनामा लगानीको आवश्यकता औँल्याए ।