१२ साउन २०८३, मंगलबार

नेताका निवासमा फोहर फाल्ने अभियान्ताहरूले बालुवाटारमा धर्ना दिने

नेताका निवासमा फोहर फाल्ने अभियान्ताहरूले बालुवाटारमा धर्ना दिने

‘फोहरमा राजनीति नगरौँ’ अभियानका अभियन्ताहरूले प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिने भएका छन् । यसअघि सामाजिक सञ्जालमार्फत फोहर व्यवस्थापनका लागि दबाब दिँदै आएको अभियन्ताहरूले मंगलवार प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउने र धर्ना दिने कार्यक्रम तय गरेका हुन् । 

अभियान्ता डम्बर शाहुले मंगलवारको धर्नामा उपस्थित हुन सबैलाई आह्वान गरेका छन् । उनले सरकारलाई फोहर व्यवस्थापनका लागि दबाब दिन धर्ना कार्यक्रम राखिएको प्रष्ट पारेका छन् । अभियन्ताहरूले आइतवार नेताहरूका निवास, संसद् भवन, सिंहदरबार गेट, प्रधानमन्त्री, राष्ट्रपति निवास अगाडि फोहर फालेर विरोध जनाएका थिए । 

फोहर फाल्ने अभियानले सरकारी निकायहरूको ध्यानाकर्षण भएकाले सोमवार फोहर फाल्ने अभियान रोकिएको शाहुले बताएका छन् । 


 

salt training

कमेन्ट गर्नुहोस्