२८ जेठ २०८३, बिहीबार

देउवालाई धन्यवाद दिँदै थापाले भने– वार्गेनिङ गरेर राप्रपा सरकारमा जाँदैन

कात्तिक २०, २०७४
देउवालाई धन्यवाद दिँदै थापाले भने– वार्गेनिङ गरेर राप्रपा सरकारमा जाँदैन
काठमाडौं, १४ साउन–राप्रपाका अध्यक्ष कमल थापाले कुनै वार्गेनिङ वा मोलतोलमा लागेर प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा सहभागी नहुने स्पष्ट पारेका छन् ।

सामाजिक सञ्जालमार्फत राप्रपा अध्यक्ष थापाले सरकारमा नजाने पार्टीको छनोटबाट भन्दापनि प्रधानमन्त्री देउवाका कारण भएको स्पस्ट पारेका छन् ।

सरकारमा सहभागी नगराएर पार्टी मजबुद बनाउन अवसर दिएको भन्दै थापाले प्रधानमन्त्री देउवालाई धन्यवाद दिएका छन् ।

सरकारमा सहभागी हुने विषयमा पार्टी भित्र एकमत नभएपनि सरकारलाई समर्थन गरेका कारण सरकारमा जाने तयारीमा राप्रपा रहेपनि वर्तमान सत्ता गठबन्धनले सहमति कार्यान्वयन नगरेको थापाले आरोप लगाएका छन् ।

‘ प्रधानमन्त्रि देउवाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, राप्रपाका बरिष्ठ नेता पशुपती शमसेर राणा र म स्वयंको उपस्थितिमा उप्रप्रधानमन्त्रिसहित चार मन्त्रालय लिएर सरकारमा सहभागि हुन आग्रह पनि गर्नु भएको हो ।’ थापाले सामाजिक सञ्जालमा लेखेका छन्,‘अन्ततः मन्त्रिपरिषदको दोस्रो बिस्तार पनि भयो । कारण जेसुकै होस् तर, राप्रपा सरकारमा जाने साईत जुरेन ।’

थापा लेख्छन्,‘ अब शेरबहादुर देउवाको नेतृत्वमा बनेको वर्तमान सरकारमा राप्रपा सहभागी हुने अध्याय समाप्त भएको छ । कुनै वार्गे्निङ वा मोलतोलले राप्रपाको यो निर्णयलाई प्रभावित गर्न सक्दैन । ’

थापाले यसलाई नियतिले दिएको मौकाको रुपमा राप्रपाले लिने बताएका छन् । सत्ताकेन्द्रित र सत्तामुखि राजनीतिबाट अलग भै सिद्धान्त र आदर्शको राजनीति गर्ने तथा संगठन निर्माण र सुदृढिकरणमा केन्द्रित रहनका लागि अवसर जुरेको थापाका भनाइ छ ।

केही समय यता पार्टी सत्तामुखि हुंदै गएको तथा सिद्धान्तबाट बिचलित भएको कार्यकर्ताको आरोपलाई स्विकार गर्दै थापाले दुई चरणको चुनावमा छाएको निराशाबाट पाठ सिक्दै ‘कोर्स करेक्सन ’ गर्दै अघि बढ्ने बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्