०५ साउन २०८३, मंगलबार

नागरिकता विधेयक फिर्ता भएको विरोधमा जनमत पार्टीद्वारा चक्काजाम

नागरिकता विधेयक फिर्ता भएको विरोधमा जनमत पार्टीद्वारा चक्काजाम

डा.चन्द्रप्रकाश (सिके) राउत नेतृत्वको जनमत पार्टीले नागरिकता विधेयक फिर्ता भएको विरोधमा प्रदर्शन गरेको छ । 

आइतवार राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रतिनिधिसभामा फिर्ता पठाएको विरोधमा जनमत पार्टीका कार्यकर्ताले सोमवार सिराहाको गोलबजारमा प्रदर्शन गरेका हुन् । उनीहरूले पूर्वपश्चिम राजमार्गमा चक्काजाम गरेको जनमत पार्टीका अध्यक्ष सिके राउतले जानकारी दिए । 

सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरणका लागि पठाएको विधेयक राष्ट्रपतिले १५ बुँदे सन्देशसहित प्रतिनिधि सभामा फिर्ता पठाएकी हुन् । 


 

salt training

कमेन्ट गर्नुहोस्