०४ साउन २०८३, सोमबार

गठबन्धन कार्यदलको बैठक बालुवाटारमा ३ घण्टादेखि जारी

गठबन्धन कार्यदलको बैठक बालुवाटारमा ३ घण्टादेखि जारी
फाइल फोटो

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटबारे छलफल गर्न सत्तारुढ गठबन्धनको कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।

करीब ३ घण्टादेखि जारी बैठकमा गठबन्धनमा रहेका दलहरूले आफ्ना पार्टीको दाबी प्रस्तुत गरिरहेका छन् ।

गठबन्धनको कार्यदलमा कांग्रेसबाट ३, माओवादी केन्द्रबाट २, नेकपा एकीकृत समाजवादीबाट २, जनता समाजवादी पार्टीबाट २ र राष्ट्रिय जनमोर्चाबाट २ जना सदस्य छन् ।

कार्यदलले २०७४ सालको चुनावमा जुन दलले जितेको छ, त्यही दललाई निर्वाचन क्षेत्र छाड्ने गरी करीब आधाजसो निर्वाचन क्षेत्रको भागबण्डा मिलाइसकेको दाबी गरिएको छ ।

गत बिहीवार बसेको कार्यदलको बैठकले सिट बाँडफाँटको मापदण्डबारे प्रारम्भिक छलफल गरेको थियो ।

त्यसपछि निर्वाचन क्षेत्रमा हुने दलहरूको दाबीबारे आ–आफ्नो दलमा छलफल गरेर सोमवारको बैठकमा दाबी पेश गर्ने भनिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्