०२ असार २०८३, मंगलबार

तल्लो इन्द्रावतीको निर्माण प्रक्रिया अघि बढ्यो

तल्लो इन्द्रावतीको निर्माण प्रक्रिया अघि बढ्यो

दस वर्षभन्दा लामो समयदेखि अलपत्र परेको सिन्धुपाल्चोकको तल्लो इन्द्रावती जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया पुनः अघि बढेको छ । विसं २०६७ देखि बन्द भएर खारेज भएको सो आयोजनालाई नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले लिलामीमा सकारेपछि पुनः निर्माण प्रक्रिया थालिएको हो । 

चार दशमलव पाँच मेगावाट क्षमताको सो आयोजना निर्माणका लागि आज कम्पनीले प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन गरी सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख, उपप्रमुखलगायत आयोजनाबाट प्रभावित हुने ७, ८, ९, १० र ११ का वडाध्यक्ष, प्रभावित स्थानीयलगायत सरोकारवाला निकायको उपस्थिति थियो । कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जलविद्युत् क्षेत्रको विकासका लागि स्थानीय सरकार सकारात्मक रहेको र स्थानीयको समस्या समाधान गर्दै तल्लो इन्द्रावती आयोजना निर्माणमा सहयोग गर्ने बताए । 

यस्तै उपप्रमुख उमा प्रधानले आयोजना निर्माणका लागि सहकार्य गर्दै प्रभावित क्षेत्रको विकासमा पनि ध्यान दिन जरुरी रहेको बताइन् । 
 

salt training

कमेन्ट गर्नुहोस्