
बिरामी बोक्ने एम्बुलेन्सबाट प्रतिबन्धित गाँजा बरामद भएको छ । सिरहा प्रहरीले को १ च ७५७७ नम्बरको एम्बुलेन्स चेकजाँच गर्दा ९० किलो गाँजा बरामद गरेको हो । प्रहरीले एम्बुलेन्स चालकलाई नियन्त्रणमा लिएको छ ।
ईलाका प्रहरी कार्यालय लहानका डिएसपी कुमार मैनालीको कमाण्ड खटिएको प्रहरी टोलीले पूर्वपश्चिम लोकमार्गमा एम्बुलेन्सलाई चेकजाँच गर्दा जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानको अगाडिबाट नियन्त्रणमा लिएको हो । गाँजासहितको एम्बुलेन्स र चालकलाई इलाका प्रहरी कार्यलय लहानमा राखेर अनुसन्धान भइरहेको छ ।