२९ जेठ २०८३, शुक्रबार

चीनमा उच्च मूल्य वृद्धि

साउन ३१, २०७९
चीनमा उच्च मूल्य वृद्धि

चीन सरकारले अनुगमन गरेका अधिकांश पुँजीगत वस्तुमा यस वर्षको जुलाईको अन्त्यको तुलनामा अगस्टमा उच्च मूल्य वृद्धि भएको सरकारी तथ्यांकले देखाएको छ ।

राष्ट्रिय तथ्याङ्क विभागका अनुसार सरकारले अनुगमन गरेका ५० प्रमुख वस्तुमध्ये २७ वटाको मूल्य वृद्धि भएको छ भने २० वटामा कम मूल्य मापन गरिएको छ । 

अनुगमन गरिएका वस्तुहरूमध्ये, खाना पकाउने प्राकृतिक ग्यासमा जुलाईको अन्त्यदेखि मूल्य ६.७ प्रतिशतले वृद्धि भएको छ, जबकि सल्फ्यूरिक एसिड (९८ प्रतिशत) को मूल्यमा २८.२ प्रतिशतको तीव्र गिरावट देखिएको छ ।

अगष्टको सुरुमा सुँगुरको मासुको मूल्य १.४ प्रतिशतले बढेर प्रतिकिलो २१.५ युआन (करिब ३.२ अमेरिकी डलर) पुगेको थियो । प्रत्येक १० दिनको अन्तरालमा सार्वजनिक गरिने यो अनुगमन विवरण ३१ प्रान्तीय स्तरका क्षेत्रका करिब दुई हजार थोक बिक्रेता र वितरकको सर्वेक्षणमा आधारित तथ्याङ्क हो ।

salt training

कमेन्ट गर्नुहोस्