११ साउन २०८३, सोमबार

बुटवलको होटलमा महिला र पुरुष मृत फेला

बुटवलको होटलमा महिला र पुरुष मृत फेला

बुटवलको  एक होटलमा बास बसेका एक महिला र एक पुरूष मृत फेला परेका छन् ।

धादिङको कुम्पुर घर भएका ३६ वर्षका सिताराम भुजेल र दाङ घर भएकी  ३३ वर्षकी पुष्पा बुढाथोकी  मृत फेला परेका हुन् ।

फूलबारी चोकमा रहेको स्याङजा कारीकोटे होटलको कोठा नम्बर  १३४ मा उनीहरु आइतबार रातिसँगै बसेका थिए ।

सोमबार बिहान कोठामा जाँदा महिला पलङमा उत्तानो परेको अवस्थामा र पुरूष कोठाको पंखामा झुण्डिएको अवस्थामा दुवै जना मृत फेला परेका इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेले लोकान्तरलाई जानकारी दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्