२२ जेठ २०८३, शुक्रबार

जनैपूर्णिमाको अवसरमा यस्तो प्रतिज्ञाः ३५६ जनाले नशालु पदार्थ छाड्ने

कात्तिक २०, २०७४
जनैपूर्णिमाको अवसरमा यस्तो प्रतिज्ञाः ३५६ जनाले नशालु पदार्थ छाड्ने

तनहुँ, १४ साउन– जनैपूर्णिमा पर्वको अवसरमा तनहुँमा ३५६ जनाले नशालुजन्य पदार्थ छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

समाजमा अहिंसा, विश्व बन्धुत्वको भावना फैलाउने उद्देश्यले ब्रह्माकुमारी राजयोग प्रशिक्षण केन्द्र दमौलीले शुक्रबार आयोजना गरेको रक्षाबन्धन कार्यमा उनीहरुले कहिल्यै पनि नशालुजन्य बस्तु सेवन नगर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

उक्त केन्द्रद्वारा आयोजित ओम शान्ति भवन,तनहुँ कारागारलगायतका स्थानमा दुई हजार ५८७ जनाको रक्षाबन्धन गरिएकामध्ये उनीहरुले सो कुराको प्रतिबद्धता गरेको ब्रह्माकुमारी राजयोग दमौलीका राजयोग प्रशिक्षक ब्रह्माकुमार राजु खड्काले जानकारी दिए ।

सो अवसरमा रक्षाबन्धनको आध्यात्मिक रहस्यको बारेमा प्रवचन गर्नुहुँदै राजयोग शाखा दमौलीकी सञ्चालिका ब्रह्माकुमारी यमुनाले स्वयम्लाई नकारात्मक सोच, नशालु पर्दाथबाट रक्षा गर्नुको प्रतिक रक्षाबन्धन भएकोले आजको दिन शुभ प्रतिज्ञा गर्ने प्रतिज्ञा गर्नुपर्ने विचार व्यक्त गरे ।

salt training

कमेन्ट गर्नुहोस्