×

NMB BANK
NIC ASIA

हेटौंडामा १३ सहकारी गायब, १५ दिनभित्र सम्पर्कमा नआए खारेज गर्ने उपमहानगरको तयारी

साउन ३१, २०७९

NTC
Premier Steels

डिभिजन सहकारी कार्यालयमा दर्ता भई हेटौंडा उपमहानगरभित्र सञ्चालनमा रहेका सहकारीको अनुगमन गर्ने क्रममा  १३ सहकारी संस्था गायब रहेका पाइएको छ ।

Muktinath Bank

उपमहानगरभित्र रहेका २२२ सहकारी संस्थामध्ये १३ सहकारी संस्थाको खोजी गर्दा कतै पनि नभेटिएका हेटौंडा उपमहानगरपालिका उद्योग, सहकारी, पर्यटन शाखा प्रमुख हिमप्रसाद पौडेलले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तत्कालीन डिभिजन सहकारी कार्यालय मकवानपुरबाट २०७४ सालमा हेटौंडा उपमहानगरपालिकालाई जिम्मेवारी हस्तान्तरण भएको थियो । त्यसलगत्तै उपमहानगरले १९ वटै वडामा सक्रिय एवं निष्क्रिय सहकारी संस्थाको खोजी गरिरहेको थियो । उपमहानगरले अनुगमन तथा खोजी कार्य गर्दा १३ सहकारी संस्थाको तोकिएको स्थानमा  कार्यालय नै नभएको पौडेलले बताए । 


Advertisment
Nabil box
Kumari

सहकारी संस्थाले वार्षिक लेखा परीक्षण, साधारणसभा लगायत अन्य अतिआवश्यक कामहरू समेत नगरेको उनले बताए । 

Vianet communication

पौडेल भन्छन्, ‘सहकारीहरूलाई त्यस्तै खारेज गर्न मिल्दैन । सर्वसाधारण जनताको लाखौं रकम फसेको हुनसक्छ । अब फेरि एकपल्ट ती सहकारीलाई सम्पर्कमा आउन १५ दिनको सूचना जारी गर्छाैं । उपमहानगरको जनशक्ति परिचालन गरेर सबै वडामा पत्र पठाउने कार्य गर्छाैं ।’ त्यसपछि पनि सम्पर्कमा नआए सहकारीहरू खारेज गरिने उनले बताए ।

यी हुन् गायब सहकारी संस्थाहरू [नामसहित]

हेटौंडा १ – नारी बचत तथा बचत तथा ऋण सहकारी संस्था 
हेटौंडा २ – जलजला जडिबुटी सहकारी संस्था
हेटौंडा ३ – सुखी भविष्य बचत तथा ऋण सहकारी संस्था 
हेटौंडा ४ – जय कालिका बचत तथा बचत तथा ऋण सहकारी संस्था, नागरिक बचत, कान्तिपुर बचत र स्वतिक बचत तथा बचत तथा ऋण सहकारी संस्था
हेटौंडा ७ – महालक्ष्मी कृषि सहकारी संस्था 
हेटौंडा ११ – महिला घरेलु सामान उत्पादन तथा बिक्री वितरण सहकारी संस्था
हेटौंडा १३ – नमो बुद्ध बचत तथा ऋण सहकारी संस्था 
हेटौंडा १६ – जुरेथुम कृषि सहकारी संस्था 
हेटौंडा १८ – आँपखोला दुग्ध उत्पादन सहकारी संस्था, रामधुनी महिला दुग्ध उत्पादन सहकारी संस्था

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x