२९ असार २०८३, सोमबार

देउवाले गरे १० जनालाई केन्द्रीय समितिमा मनोनयन

देउवाले गरे १० जनालाई केन्द्रीय समितिमा मनोनयन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० जनालाई केन्द्रीय समितिमा मनोनयन गरेको छ । उनले मंगलवार उनीहरूलाई मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । 

सभापति देउवाले कांग्रेसको विधानको धारा २१ को उपधारा १० बमोजिम उनीहरूलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको मुख्य सचिव पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

मनोनित केन्द्रीय सदस्यहरू 

(१) किरण यादव (महोत्तरी)
(२) राधा घले (काठमाडौं) 
(३) धना खतिवडा (ललितपुर)
(४) उर्मिला थपलिया (धादिङ) 
(५) रुक्मीणी कोइराला (मोरङ्ग)
(६) कल्याणी रिजाल (काठमाडौं)
(७) गोमा भट्टराई (झापा)
(८) गंगा शाही (रुपन्देही) 
(९) लक्ष्मी खतिवडा (सुनसरी), 
(१०) सीता देवकोटा (नवलपुर) 

salt training

कमेन्ट गर्नुहोस्