२५ जेठ २०८३, सोमबार

टिकटक हेरिनसक्नु छ– केपी ओली

टिकटक हेरिनसक्नु छ– केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जाल टिकटकमा विकृति बढेको टिप्पणी गरेका छन् । युवा महिलाले समाजलाई सुसंस्कृत बाटोमा लैजान योगदान गर्नुपर्ने उनको भनाइ छ ।

अखिल नेपाल महिला संघको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले टिकटक हेर्नै नसकिने भएको बताएका हुन् । ‘टिकटक हेरिनसक्नु छ, हामी सम्मान गर्छौँ सबैलाई । आफ्नो सम्मान आफैँले भत्काउने खालको क्रियाकलाप गरेपछि बन्द गर्नुपर्ने, छिटो–छिटो भाग्नु पर्ने हुन्छ’, ओलीले भने, ‘आफूले आफूलाई गलत बाटोमा जान दिनु हुँदैन । महिला सशक्तिकरण सही कामको लागि समाजलाई सुसंस्कृत बाटोमा लैजानको लागि योगदान गर्नुपर्छ । हाम्रा पूर्वजले समाजिक सुप्रबन्ध गरेका छन् । अज्ञानबाट सिर्जना भएका गलत प्रथाबाट हटाएर असल परम्परालाई सुदृढ गर्नुपर्छ ।’

प्रधानमन्त्री रहेको समयमा ओली टिकटकमा जोडिएका थिए । सामाजिक सञ्जाल विकृत बनेकोमा पूर्वप्रधामनमन्त्री ओलीले यसअघि चिन्ता जनाएका थिए ।



 

salt training

कमेन्ट गर्नुहोस्