
नेकपा माओवादी र नवगठित नेपाल समाजवादी पार्टीका नेताहरूबीच नेकपा माओवादी केन्द्रको चिह्नबाट चुनाव लड्नेसँगै सीट बाँडफाँटमा सहमति भएको छ ।
माओवादी पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा मंगलवार भएको छलफलमा सीट बाँडफाँटबारे मोटामोटी सहमति भएको हो । बाबुराम भट्टराईले चुनाव लड्ने गोरखा २, महिन्द्र राय यादवले चुनाव जितेको सर्लाही २ तथा गंगानारायण श्रेष्ठले चुनाव लड्ने क्षेत्रमा सहमति भएको स्रोतको दाबी छ ।
कोटेश्वरमा मंगलवार भएको छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ तथा समाजवादी पार्टीका अध्यक्षद्वय भट्टराई र महिन्द्र राय यादव सहभागी थिए ।
दुई पार्टीका नेताहरूको छलफलपछि सार्वजनिक तस्वीरमा नेताहरू हाँसेका छन् । बाबुरामसँगै उभिएका नारायणकाजीको हासो हेर्न लायक छ । २०७४ सालको प्रतिनिधि सभा चुनावमा बाबुराम र श्रेष्ठले गोर्खा २ बाट सँगै प्रतिष्पर्धा गरेका थिए ।
कांग्रेसको समर्थनमा बाबुरामले नारायणकाजीलाई पराजित गरेका थिए । नारायणकाजी अहिले राष्ट्रिय सभामा छन् ।