
केएनपी नेरोल्याकले यसवर्ष 'पर्वसँगै रङ्गमा दङ्ग' चाडपर्व अफर ल्याएको छ।
यो अफर विशेष गरी चाडपर्वको लागि ७५ हजार रुपैयाँको खरिदमा लागू हुने कम्पनीले जनाएको छ। जुन इम्प्रेशन २४ क्यारेट वा माइका माबर्ल वा एक्सेल टोटल वा ब्युटी गोल्ड वाशेबल वा चारै वटाको खरिदमा पाउन सकिने कम्पनीले बताएको छ।
त्यस्तै, ग्राहकहरूले नेरोल्याकबाट तीनवटा विशेष उपहारहरू पनि पाउन सक्ने कम्पनीले बताएको छ।
त्यसैगरी, दोस्रो उपहारमा कम्पनीले ५० जना ग्राहकहरूलाई स्मार्टवाच उपलब्ध गराउने छ भने अन्तिममा ५ लाख रुपैयाँको एक जनालाई बम्पर उपहार पनि रहेको कम्पनीले बताएको छ।
यी दुई उपहारको बिजेता लक्की ड्रमार्फत तय गरिनेछ।
कम्पनीले केही वर्षदेखि यो चाडपर्व अभियान सञ्चालन गर्दै आएको र हरेक वर्ष आफ्ना ग्राहकहरूलाई आकर्षक उपहार र ह्याम्परहरू प्रदान गर्दै आएको बताएको छ।
केएनपी कान्साई पेन्टस जापानको सहायक कम्पनी हनुका साथै नेपालको अग्रणी पेन्ट ब्रान्डहरूमध्ये एक रहेको कम्पनीले बताएको छ।