३२ असार २०८३, बिहीबार

कपालमा लगाउनुहोस् अदुवा, हुनेछ यस्तो

कात्तिक २०, २०७४
कपालमा लगाउनुहोस् अदुवा, हुनेछ यस्तो

यदि तपाईले पनि धेरै प्रकारका हेयर प्रोडक्ट्स प्रयोग गरिसक्नुभएको छ, तर पनि कुनै सकरात्मक असर देखिएको छैन भने अब सोच्नुपर्ने जरुरी भइसक्यो ।

बजारमा पाइने धेरै हेयरप्रोडक्टमा केमिकल (रसायन) मिसाइएको हुन्छ । केही हदसम्म त यो रसायनले हाम्रो कपालमा केही राम्रो गरेजस्तो हामीलाई लाग्छ । वास्तवमा त्यस्ता उत्पादनले हाम्रो कपाललाई चाहिने कुनैपनि प्राकृतिक पोषण प्रदान गर्दैनन् ।

यस्तो अवस्थामा तपाईले प्राकृतिक चीजहरुले प्रयोग गर्नु उपयुक्त हुन्छ । जसमा एक हो, अदुवा ।

कपाल लामो बनाउनका लागि अदुवाको प्रयोग धेरै सजिलो र सस्तो उपाय हो । अदुवाको प्रयोगले कपाल बढ्ने मात्रै हैन कपालमा हुने ड्यान्ड्रफ (चायाँ) बाट पनि छुटकरा पाउन सकिन्छ ।

अदुवाको रसले १० देखि १५ मिनेटसम्म कपाललाई मालिस गर्दा चायाँ हराउँछ । यदि नियमितजसो अदुवाको रसले कपाल मालिस गर्ने गर्नुभयो भने चायाँ हटाउनका लागि तपाइले अन्य कुनै उत्पादन प्रयोग गर्न आवश्यक पर्ने छैन ।

यस्तै अदुवाको गाँठोलाई कपालको जरामा रगड्ने गर्नाले कपाल झर्ने समस्याबाट पनि छुटकरा पाउन सकिन्छ । यस्तो गरेपछि कपाललाई धेरै केमिकल नभएको (हर्बल श्याम्पु)ले धुने गर्नुहोला ।

salt training

कमेन्ट गर्नुहोस्