०९ साउन २०८३, शनिबार

नेदरल्याण्ड्सविरुद्धको पहिलो एकदिवसीयमा पाकिस्तान विजयी

भदौ १, २०७९
नेदरल्याण्ड्सविरुद्धको पहिलो एकदिवसीयमा पाकिस्तान विजयी

 घरेलु टोली नेदरल्याण्ड्सविरुद्धको पहिलो एकदिवसीयमा पाहुना टोली पाकिस्तान विजयी भएको छ ।

नेदरल्याण्डको रोटरड्याममा मंगलबार भएको खेलमा पाहुना टोली १६ रनले विजयी भएको हो ।

यस जितसँगै पाहुना टोलीले  तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा १-० को अग्रता बनाएको छ ।

पाहुना टोलीले दिएको ३ सय १५ रनको लक्ष्य पछ्याएको घरेलु टोली ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९८ रन मात्र बनाउन सक्यो। 

त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १४ रन बनाएको थियो । 

दुई टोलीबीचको दोस्रो एकदिवसीय बिहीवार रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्