×

NMB BANK
NIC ASIA

न्यायको खोजीमा भौँतारिएका पीडितहरू

मिटरब्याजीले निचोरेका पीडित– काठमाडौंमा भिख मागेर गुजारा, चन्दा उठाएर आन्दोलन [भिडियो]

भदौ १, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

न्यायका लागि नवलपरासीको सुस्ताबाट १५ दिनअघि काठमाडौं आएका मिटरब्याज पीडितहरू आर्थिक अभावका कारण पसल–पसलमा मागेर खान बाध्य भएका छन् ।

Muktinath Bank

सुरेश बानियाँ, सुरेश कानू, जगदीश कानू, लालबहादुर खड्कालगायत मिटरब्याजीहरूले जालझेल गरी लिँदै नलिएको ऋण पनि तिर्न दबाब दिएको, ब्याजमाथि स्याज थपेर जग्गाजमिन समेत कब्जा गरेको भन्दै करीब १०० जना पीडितहरू काठमाडौं आएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शुरूका केही दिन गौशालामा त्रिपाल टाँगेर बसेका उनीहरू अहिले कीर्तिपुरमा त्रिपालमुनि नै बस्न बाध्य छन् । न्यायको खोजीमा काठमाडौं बसाइ लम्बिँदा उनीहरूलाई बिहानबेलुका हातमुख जोर्न समेत मुस्किल पर्न थालेको छ । चिनजानका साथीभाइसँग हारगुहार गरेर तथा पसल–पसलमा चन्दा मागेर छाक टारिरहेका छन् ।


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

नवलपरासी सुस्ताका नरेश चमारले छोरालाई मलेसिया पठाउन स्थानीय साहु सुरेश बानियाँ र सुरेश कानूसँग कुल १ लाख ७० हजार रुपैयाँ ऋण लिएका रहेछन् ।

तर साहुले झुक्याएर ३ लाख ५० हजारको कागज बनाइदिएको उनी बताउँछन् । त्यसको सावाँ र ब्याज गरी १५ लाख रुपैयाँ तिरिसके पनि अझै डेढ लाख बाँकी रहेको भन्दै तिर्न दबाब दिएको उनको गुनासो छ ।

यसै पीडा सुस्ताकै प्रेमचन्द चमारको पनि छ । दुई छोरालाई विदेश पठाउन लिएको ऋणमा साहुले ब्याजमाथि स्याज थपेर उनको खेत समेत कब्जा जमाएर राखेका छन् ।

आफूले लिएको सावाँ र ब्याजबापत ठूलो रकम तिरिसक्दा पनि खेत दृष्टि बन्धकीबाट फुकुवा नभएको उनी बताउँछन् ।

नवलपरासी पश्चिमको बर्दघाट नगरपालिकाका कुलबहादुर थापा आफ्ना बुवाआमालाई झुक्याएर लाखौं ऋणमा डुबाइएको भन्दै न्याय माग्न काठमाडौं आइपुगेका हुन् ।

आफू विदेशमा रहेका बेला साहुले बजारमा घडेरीको लोभ देखाएर बुवाआमालाई ४ लाख ऋण दिएको र त्यसबापत दृष्टि बन्धकीका नाममा आफ्नो ७ कट्ठा जग्गा हडपेको उनको गुनासो छ ।

साहुले अहिले त्यसमा १७ लाख थपेर दिए मात्र दृष्टि बन्धकी फुकुवा गरिदिने भन्दै जग्गा हडपेर बसेको उनले बताए ।

स्थानीय सरकार र प्रशासनले आफूहरूको गुनासो नसुनेकाले बाध्य भएर काठमाडौं आउनुपरेको उनीहरूको भनाइ छ । काठमाडौं बसाई लम्बिँदै जाँदा मागेर गुजारा चलाउनुपरेको पीडितहरूले बताए ।

काठमाडौं आएर दिनदिनै माइतीघरमा धर्ना दिँदा पनि यो पीडाले राज्यको ध्यान तान्न सकेको छैन । त्यही बाटो भएर आवतजावत गर्ने मन्त्रीदेखि प्रधानमन्त्रीसम्म उनीहरूको पीडाप्रति बेखबर छन् ।

हेर्नुहोस्, भिडियो रिपोर्ट :

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ १७, २०८०

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले ‘सिंहदरबारमा आगो लगाइदिन्छु’ भन्दै शुक्रवार राति दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भएको छ ।  सरकारी मर्यादाक्रममा मुख्यसचिव ...

मंसिर ८, २०८०

हरिबोधनी एकादशीको अवसरमा काठमाडौंको बूढानिलकण्ठ मन्दिरमा सप्ताह ज्ञान महायज्ञ भइरहेको छ । बूढानिलकण्ठ नारायण मन्दिर व्यवस्थापन समितिको आयोजनामा बिहीवारदेखि उक्त सप्ताह महायज्ञ शुरू भएको हो ।   ...

मंसिर ७, २०८०

'राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाऊ' अभियानका नाममा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आयोजना गरेको प्रदर्शनका क्रममा बल्खुमा तनाव उत्पन्न भयो । दुर्गा प्रसाईं, राप्रपा सांसद ज्ञानबहादुर शाहील...

असोज १२, २०८०

खोला किनारमा निर्माण भएका सडकले काठमाडौं उपत्यकाको सवारी आवागमनलाई केही हदसम्म भए पनि सहज बनाएको छ । काठमाडौंको बागमती, विष्णुमती, मनोहरा, धोबीखोला, नख्खु खोला, टुकुचा, हनुमन्ते, रुद्रमतीलगायत...

भदौ २५, २०८०

साउन २ गते समातिएको ६० किलो सुन तस्करीको अनुसन्धानका क्रममा भन्सारका कर्मचारीहरू पक्राउ पर्न थालेपछि उनीहरू आन्दोलित भएका हुन् ।  सामुहिक सरुवा माग गरेका कर्मचारीले सरुवा नभएपछि आइतवारदेखि आन्दोलन श...

भदौ २६, २०८०

ललितपुरको उत्तर–पश्चिम क्षेत्रमा पर्ने छम्पी क्षेत्र यतिबेला निकै हरियाली, शान्त र मनमोहक देखिन्छ । काठमाडौं उपत्यकामा खेतीयोग्य जमिन पाउन मुस्किल भइरहेको बेला छम्पी क्षेत्रका स्थानीयले भने नगदेब...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x