२२ जेठ २०८३, शुक्रबार

एनआरएनए युरोपको दशौं युरोपेली बैठक तथा महिला भेला जर्मनीमा शुरु

कात्तिक २०, २०७४
एनआरएनए युरोपको दशौं युरोपेली बैठक तथा महिला भेला जर्मनीमा शुरु
जर्मनी, १४ साउन —गैरआवासिय नेपाली संघ (एनआरएनए) युरोपको दशौं क्षेत्रीय बैठक तथा आठौ महिला सम्मेलन जर्मनीको फ्रयाङ्गफुटमा सुरु भएको छ ।
‘युरोपमा नेपाली एकता,समृद्ध नेपालको आवश्यकता’ नाराका साथ शनिबारदेखि सुरु बैठक तथा महिला भेलाको जर्मनीका लागि नेपाली राजदूत रमेश प्रसाद खनालले पानसमा बत्ती बालेर उद्धघाटन गरे । भेला आइतबारसम्म चल्नेछ ।20517580_1588651267875999_904771885_o
कार्यक्रममा एनआरएनएका संस्थापक अध्यक्ष डा.उपेन्द्र महतो, एनआरएनका अध्यक्ष शेष घले, पूर्व अध्यक्ष जीवा लामिछाने लगायत एनआरएनएका अभियान्ताहरुको सहभागिता रहेको छ ।
बैठकलाई सम्बोधन गर्दै एनआरएनएका संस्थापक अध्यक्ष डा.उपेन्द्र महतोले २१ औ शताब्दी व्यावयायिक युग भएपनि पैसालेमात्रै सबै चिज हासिल गर्न नसकिने भन्दै नेपालको सन्दर्भमा पैसा नभई सक्षम नेतृत्व चाहिएको बताए ।
यस्तै राजदूत खनालले देश निर्माणमा सहयोग गर्न आग्रह गरे भने एनआरएनएका केन्द्रीय अध्यक्ष शेष घलेले नेपालको विकासमा सघाउन आफूहरु तयार रहेको बताए ।
कार्यक्रममा एनआरएनए स्पेनका अध्यक्ष्ँ चिन्तामणी सापकोटाले युरोपमा नेपालीहरुको समस्या तथा चुनौती र नेपालको समृद्धिका लागि पर्यटन भित्र्याउन नेपालबाट सिधा हवाइ उडानका लागि पहल गनुपर्ने धारणा राखे ।

बैठकको मुख्य एजेण्डा एनआरएनएको निर्माणधीन भवनको लागि आवश्यक रकम दुई करोड रुपैया संकलन गर्ने लक्ष्य रहेको छ । युरोपेली बैठकमा युरोपभरीका एनआरएनएका अध्यक्ष तथा आईसिसि सदस्यहरुको सहभागिता रहेको छ ।
बैठकमा आउदो अक्टोबरमा काठमाण्डौमा हुन गइरहेको एनआरएनएको अन्तर्राष्ट्रिय अधिबेशनलाई मध्य नजर गर्दै बैठकमा विभिन्न देशबाट आएका प्रतिनिधिहरुले आ–आफ्नो चुनावी अभियानलाई केन्द्रित गरेर लभिङको सुरुवात समेत गरेका छन् ।
युरोप संयोजक कूल आर्चायको सभापतित्वमा भएको कार्यक्रममा एनआरएनए जर्मनीका अध्यक्ष नवराज रोस्याराले स्वागत मन्तब्य ब्यक्त राखेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्