×

NMB BANK
NIC ASIA

काम नगरेको भन्दै ठेकेदारको एक्जाभेटरमा नगर प्रवक्ताले लगाइदिए ताला !

भदौ १, २०७९

NTC
Premier Steels

सम्झौता अवधिमा कल्भर्ट निर्माणको काम पूरा नगरेको भन्दै बुटवल उपमहानगरपालिका–१५ का वडाध्यक्ष शिव रानाले ठेकेदारको एक्स्काभेटरमा ताला लगाइदिएका छन् ।

Muktinath Bank

उपमहानगरपालिकाका प्रवक्ता समेत रहेका रानाले एक्स्काभेटरमा फलामको सिक्री लगाएर ताला लगाइदिएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुटवल–१५ सेमलारस्थित तामनगर–फर्साटिकर सडकखण्ड पर्ने कल्भर्ट निर्माणमा ढिलाइ गरेपछि बाध्य भएर आफूले ठेकेदारको एक्स्काभेटरमा ताला लगाइदिएको रानाले बताए । 


Advertisment
Nabil box
Kumari

‘ठेकेदारले कल्भर्ट निर्माणको जिम्मा लिएको र पटक–पटक आग्रह गर्दा पनि काममा विलम्ब गर्‍यो,’ उनले लोकान्तरसँग भने, ‘काम पूरा नभएपछि जनतालाई सास्ती छ । त्यसैले ताला लगाएको हुँ ।’

Vianet communication

उनका अनुसार वडाले ३ पटकसम्म गिट्टी–बालुवा हालेर अस्थायी रूपमा आवतजावत गर्न मिल्ने बनाएको थियो तर हिलोले सडकै हिँड्न नसक्ने अवस्था आएको उनले बताए ।

प्रदेश सरकार मातहतको कार्यक्रमअनुसार महेश इन्जिनीयरिङ सत्यवतीले २ करोड ९९ लाख रुपैयाँमा सडकखण्डमा ४ वटा कल्भर्ट निर्माणका लागि ठेक्का लिएको थियो । गत असार मसान्तसम्म काम सम्पन्न गर्ने ठेक्का सम्झौता भए पनि अझै सकिएको छैन ।

निर्माण कम्पनीले हालसम्म ३ वटा कल्भर्ट बनाएको छ । एउटा कल्भर्ट बनाउन बाँकी छ । काम अपुरो छाडेको र निर्माणमा विलम्ब गरेको वडाध्यक्षको आरोप छ । ‘स्थानीयले कल्भर्ट निर्माणबारे वडामा आएर धेरै गुनासो गर्नुभएको छ । जनताको गुनासो ठेकेदारले नसुनेपछि ताला लगाइदिएको हुँ,’ वडाध्यक्ष रानाले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x