२६ जेठ २०८३, मंगलबार

तीज गीतमा चलेन कोमल वलीको चमत्कार ! [भिडियो]

तीज गीतमा चलेन कोमल वलीको चमत्कार ! [भिडियो]

केही वर्षअघिसम्म कोमल वलीका तीज गीतले राम्रो चर्चा पाउँथे । केही गीतहरू विवादमा समेत तानिए पनि सांगीतिक बजारमा चर्चा हुन्थ्यो, उनको र उनका गीतहरूको ।
 
१ दशकअघि ‘पोइल जान पाम शिव’ बोलको तीज गीतबाट उनी चर्चासँगै विवादमा समेत तानिएकी थिइन् । त्यसयता उनले हरेक वर्ष ल्याउने तीज गीतले बजारमा राम्रै चर्चा पाउँथे ।

लोक गायक पशुपति शर्मासँग मिलेर वलीले केही वर्ष निरन्तर तीज गीत ल्याइन् । पशुपतिसँग मिलेर ल्याएको ‘लास्टै चोटी हो’ले पनि तीजमा राम्रै चर्चा पायो । पशुपतिसँगै गाएको ‘चाहिएन पोइ’, ‘माननीयज्यू’ जस्ता गीतहरूले पनि राम्रो चर्चा पाएका थिए । 

पछिल्ला वर्ष भने कोमलले आफ्नी बहिनी प्रज्ञा वली ‘शदर’सँग मिलेर तीज गीत ल्याउने गरेकी छन् । ३ वर्षअघिको तीजमा ‘छड्के तिलहरी’ बोलको गीत ल्याएकी वलीले बहिनीसँग मिलेर यस वर्ष ‘मै नाच्छु छम्केर ढलीमली होइ’ बोलको गीत ल्याएकी छन् तर केही वर्षयता तीजमा कोमल वलीको चमत्कार चल्न छाडेको भाव हुन्छ ।

कोमलको यस वर्षको तीज गीत ‘मै नाच्छु छम्केर ढलीमली होइ’ले त्यही कुरालाई पुष्टि गर्छ । 

गत सोमवार सार्वजनिक गीतले २ दिनमा यूट्युबमा भ्युज पाएको छ जम्मा ५ हजार, न त यस गीतको सांगीतिक बजारमा कुनै चर्चा नै छ ।

बसन्त विश्वकर्माको शब्द रहेको यस गीतको लय प्रकाश दूतराजले तयार पारेका हुन् भने सुनिल परियारले गीतलाई एरेन्ज गरेका हुन् । ‘वली सिस्टर्स’को स्वर रहेको गीतको भिडियोमा पनि उनीहरू नै प्रस्तुत छन् । 

पवित्रा आचार्यको कोरियोग्राफी एवं निर्देशन रहेको भिडियोलाई जीवन पराजुलीले छायांकन, विष्णु शर्माले सम्पादन गरेका हुन् । कोमलले आफ्नै ‘कोमल वली’ नामक यूट्युब च्यानलमार्फत यो गीत सार्वजनिक गरेकी हुन् । गीतको अडियो पक्ष पनि राम्रो नै छ । भिडियोलाई पनि आकर्षक नै बनाइएको छ तर पनि स्रोता–दर्शकको नजरमा नपरेपछि भन्न सकिन्छ – तीज गीतमा चलेन कोमल वलीको चमत्कार !

salt training

कमेन्ट गर्नुहोस्