
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बुधवार झिनो अंकले ओरालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ० दशमलव ३६ अंकले ओरालो लागेर २ हजार ४० दशमलव ७० अंकमा सीमित भएको छ ।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ० दशमलव २८ अंकले उकालो लागेर ३९४ दशमलव ६७ अंकमा पुगेको छ । कूल २२० कम्पनीको ३४ लाख ९७ हजार ८८१ कित्ता शेयर १ अर्ब ४० करोड ५९ लाख ७४ हजार २५६ मूल्यमा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये बुधवार ६ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । ७ उपसमूहको शेयर मूल्य उकालो लागेको छ । बैंकिङ ३ दशमलव ७५, व्यापार ३ दशमलव ८४, होटल तथा पर्यटन ० दशमलव १८, अन्य ३ दशमलव ४२, जीवन बीमा ४५ दशमलव ३३ र लगानी ० दशमलव १३ अंकले ओरालो लागेको छ ।
विकास बैंक २२ दशमलव ३२, जलविद्युत् १६ दशमलव ३२, वित्त ७ दशमलव ८९, निर्जीवन बीमा ३३ दशमलव ०८, उत्पादन २ दशमलव ५२, लघुवित्त ३ दशमलव ०९, सामूहिक लगानी कोष ० दशमलव ०५ अंकले उकालो लागेको छ ।
बुधवारको कारोबारपछि बजार पुँजीकरण २९ खर्ब १४ अर्ब १६ करोड ८४ लाख ३९ हजार ४४ रुपैयाँ बराबर छ ।
कारोबारका आधारमा रिडी हाइड्रोपावर शीर्ष स्थानमा छ । कम्पनीको १८ करोड ४३ लाख ११ हजार ८९८ बराबरको कारोबार भयो । शिवम् सिमेन्ट ६ करोड ९० लाख ५० हजार २२९, नबिल बैंक ४ करोड २६ लाख ६५ हजार ७९, आईसीएफसी फाइनान्स ३ करोड ६५ लाख ५६ हजार ३३७ र नेपाल दूरसञ्चार कम्पनी ३ करोड ३३ लाख १४ हजार १४१ बराबरको कारोबार भई शीर्ष ५ भित्र पर्न सफल भए ।
नेप्सेका अनुसार कमाउनेमा अधिकांश जलविद्युत् कम्पनीका लगानीकर्ता छन् । श्वेत गंगा हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । मन्दाकिनी हाइड्रोपावर ९ दशमलव ९९, अप्पर हेवा खोला हाइड्रोपावर ९ दशमलव ९९, अप्पर सोलु हाइड्रोपावर ९ दशमलव ९८ र सपोर्ट माइक्रोफाइनान्स कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतले कमाएका छन् ।
सामलिङ पावर कम्पनी ५ दशमलव १४, मनकामना स्मार्ट लघुवित्त ५ दशमलव ०५, सिङ्गटी हाइड्रोपावर ३ दशमलव ६४, सबैको लघुवित्त ३ दशमलव २५ र तारागाउँ रिजेन्सी होटलका लगानीकर्ताले २ दशमलव २३ प्रतिशतले गुमाएका छन् ।