×

NMB BANK
NIC ASIA

नेप्से परिसूचक झिनो अंकले ओरालो

भदौ १, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बुधवार झिनो अंकले ओरालो लागेको छ ।

Muktinath Bank

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ० दशमलव ३६ अंकले ओरालो लागेर २ हजार ४० दशमलव ७० अंकमा सीमित भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ० दशमलव २८ अंकले उकालो लागेर ३९४ दशमलव ६७ अंकमा पुगेको छ । कूल २२० कम्पनीको ३४ लाख ९७ हजार ८८१ कित्ता शेयर १ अर्ब ४० करोड ५९ लाख ७४ हजार २५६ मूल्यमा खरिद बिक्री भए ।


Advertisment
Nabil box
Kumari

कारोबार भएका कूल १३ उपसमूहमध्ये बुधवार ६ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । ७ उपसमूहको शेयर मूल्य उकालो लागेको छ । बैंकिङ ३ दशमलव ७५, व्यापार ३ दशमलव ८४, होटल तथा पर्यटन ० दशमलव १८, अन्य ३ दशमलव ४२, जीवन बीमा ४५ दशमलव ३३ र लगानी ० दशमलव १३ अंकले ओरालो लागेको छ ।

Vianet communication
Laxmi Bank

विकास बैंक २२ दशमलव ३२, जलविद्युत् १६ दशमलव ३२, वित्त ७ दशमलव ८९, निर्जीवन बीमा ३३ दशमलव ०८, उत्पादन २ दशमलव ५२, लघुवित्त ३ दशमलव ०९, सामूहिक लगानी कोष ० दशमलव ०५ अंकले उकालो लागेको छ ।

बुधवारको कारोबारपछि बजार पुँजीकरण २९ खर्ब १४ अर्ब १६ करोड ८४ लाख ३९ हजार ४४ रुपैयाँ बराबर छ ।

कारोबारका आधारमा रिडी हाइड्रोपावर शीर्ष स्थानमा छ । कम्पनीको १८ करोड ४३ लाख ११ हजार ८९८ बराबरको कारोबार भयो । शिवम् सिमेन्ट ६ करोड ९० लाख ५० हजार २२९, नबिल बैंक ४ करोड २६ लाख ६५ हजार ७९, आईसीएफसी फाइनान्स ३ करोड ६५ लाख ५६ हजार ३३७ र नेपाल दूरसञ्चार कम्पनी ३ करोड ३३ लाख १४ हजार १४१ बराबरको कारोबार भई शीर्ष ५ भित्र पर्न सफल भए ।

नेप्सेका अनुसार कमाउनेमा अधिकांश जलविद्युत् कम्पनीका लगानीकर्ता छन् । श्वेत गंगा हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । मन्दाकिनी हाइड्रोपावर ९ दशमलव ९९, अप्पर हेवा खोला हाइड्रोपावर ९ दशमलव ९९, अप्पर सोलु हाइड्रोपावर ९ दशमलव ९८ र सपोर्ट माइक्रोफाइनान्स कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतले कमाएका छन् ।

सामलिङ पावर कम्पनी ५ दशमलव १४, मनकामना स्मार्ट लघुवित्त ५ दशमलव ०५, सिङ्गटी हाइड्रोपावर ३ दशमलव ६४, सबैको लघुवित्त ३ दशमलव २५ र तारागाउँ रिजेन्सी होटलका लगानीकर्ताले २ दशमलव २३ प्रतिशतले गुमाएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x