०९ असार २०८३, मंगलबार

थप ८५२ जनामा कोरोना पुष्टि, ३२८ संक्रमित डिस्चार्ज

थप ८५२ जनामा कोरोना पुष्टि, ३२८ संक्रमित डिस्चार्ज

नेपालमा थप ८५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. समीरकुमार अधिकारीले बुधवार जानकारी दिँदै संक्रमण बढिरहेको बताए ।

‘संक्रमणसँगै आईसीयू र भेन्टिलेटरमा भर्ना हुने दर पनि बढेको छ,’ उनले भने, ‘आज संक्रमणदर १३% भन्दा बढी छ भने ५०% संक्रमितमा कुनै लक्षण देखिएको छैन ।’

बुधवार ६ हजार ३८३ नमूना परीक्षण गर्दा ८५२ जनामा संक्रमण पुष्टि भएको प्रवक्ता अधिकारीले बताए । ३२८ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।

राजधानी काठमाडौंभित्र थप ३७९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

बुधवार देशभर ५ हजार ४६२ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ५९ जना आईसीयू र ७ जना भेन्टिलेटरमा रहेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्