×

NMB BANK
NIC ASIA

नागरिकता विधेयकमा गठबन्धनले बहुमतको घमण्ड देखायो : केपी ओली

भदौ १, २०७९

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिले संसदमा फिर्ता पठाएको नागरिकता विधेयकलाई जस्ताको तस्तै फिर्ता पठाउने सत्तारुढ गठबन्धनको निर्णयप्रति आपत्ति जनाएका छन् ।

Muktinath Bank

अध्यक्ष ओलीले संसदले एकपटक विचार गरोस् भनेर राष्ट्रपतिले पठाएको गम्भीर महत्त्वको विधेयकलाई संसद बाहिरै बसेर सत्तारुढ गठबन्धनले निर्णय गरेको भन्दै आक्रोश समेत व्यक्त गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुधवार ललितपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले संसदमा विधेयकको विषयमा बहस समेत गर्न नदिएर सत्तारुढ गठबन्धनले ‘आफूलाई खोपडी नभएको मसले’को रूपमा प्रस्तुत गरेको जिकीर समेत गरे । संसदीय अभ्यासको समेत ख्यालै नगरी सत्तारुढ गठबन्धनले आफ्नो बहुमतको तागत देखाइदिने भन्दै विधेयक राष्ट्रपतिलाई जस्ताको तस्तै फिर्ता पठाउने निर्णय गरेको अध्यक्ष ओलीको भनाई थियो ।


Advertisment
Nabil box
Kumari

सत्तारुढ गठबन्धनको निर्णयमा बहुमतको घमण्ड चढेको उल्लेख गर्दै उनले त्यस्ताहरूको हातबाट देश चल्न नसक्ने बताए । ओलीले भने, ‘नागरिकता विधेयक राष्ट्रपतिले संसदमा एकपटक विचार गरोस्, कमीकमजोरी नरहोस् । यो धेरै गम्भीर महत्त्वको प्रश्न हो भनेर फिर्ता पठाउनु भएछ । संसदमा होइन, बाहिर बसेर राष्ट्रपतिले फिर्ता पठाउनु भएपछि पाखुरी छामेर राष्ट्रपतिले फिर्ता पठाउने ? जस्ताको तस्तै फिर्ता पठाउने, हिजो निर्णय गरे । संसदमा छलफल हुनै बाँकी छ । के छलफल हुन्छ अब ? पाखुरेहरूले पाखुराको भाषा बोलिसके हिजै– जस्ताको तस्तै पठाइदिने । हाम्रो बहुमतको तागत देखाइदिने । को हो राष्ट्रपति, संसदलाई विचार गर्नु भन्ने ? यस्ता घमण्डीहरूले तर्क छैन, तार्किकता होइन । बल, पाखुरा, मसलका कुरा गर्नेहरू । यस्तो देश चलाउँछन् ?  देशको दूर्भाग्य हो यो । यस्तो सरकार छ देशमा । यो संसदीय अभ्यास नै होइन । संसदमा कांग्रेस होला, माओवादी केन्द्र भन्ने होला । माधव नेपालको पार्टी होला । गठबन्धनको पार्टी होला नि संसदमा । त्यहाँ बहस गरे हुन्छ नि ! अनि बाहिर यसै फिर्ता गर्ने निर्णय त भइसक्यो उनीहरूको । कस्तो संसदीय अभ्यास । विचारविमर्श नगर्ने, सोझै पठाई दिने–जस्ताको तस्तै । कुरा राम्रो, नराम्रोको मतलब छैन । हाम्रो पाखुराको कुरा हो यो । यस्तालाई सरकारका राख्नुहुन्छ नेपाली जनताले ? यी खोपडीमा टाउकामा नभएका, पाखुरामा मसल मात्रै भएका हुन्, खोपडीहीन मसले ।’

Vianet communication
Laxmi Bank

अध्यक्ष ओलीले कांग्रेस लोकतान्त्रिक पार्टी नरहेको दाबी समेत गरे । प्रचण्डको कार्यकर्ता बनेर हिँडिरहेको कांग्रेस आचरण, नीति र व्यवहार सबै हिसाबले लोकतान्त्रिक हुनै नसक्ने उनको तर्क थियो । ओलीले विगतमा पनि कांग्रेसले देशविरोधी कार्य गर्दै आएको र पछिल्लो समय यसले लोकतान्त्रिक आचरण र व्यवहार समेत गुमाएको आरोप लगाए । उनले माओवादी केन्द्र पार्टी नभई प्रचण्ड एण्ड कम्पनी भएकाले त्यसको बारेमा टिप्पणी गरिरहन आवश्यक नै नरहेको दोहोर्‍याए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x