१० साउन २०८३, आइतबार

सिट बाँडफाँटको प्रस्तावित खाकासहित गठबन्धन कार्यदलको बैठक शुरू

सिट बाँडफाँटको प्रस्तावित खाकासहित गठबन्धन कार्यदलको बैठक शुरू
फाइल फोटो

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटबारे छलफल गर्न सत्तारुढ गठबन्धनको कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरू भएको छ ।

बुधवारको बैठकमा कार्यदलका संयोजक एवं कांग्रेस नेता कृष्ण सिटौलाले सिट बाँडफाँटको प्रस्तावित खाका पेश गर्ने बताइएको छ । 

कार्यदलको यसअघिको बैठकले २०७४ सालको निर्वाचन परिणाम र गत वैशाखमा सम्पन्न स्थानीय तह चुनावमा दलहरूले पाएको मतलाई मुख्य आधार बनाएर सिट बाँडफाँट गर्ने मापदण्ड बनाएका थिए । 

गठबन्धनको कार्यदलमा कांग्रेसबाट ३, माओवादी केन्द्रबाट २, नेकपा एकीकृत समाजवादीबाट २, जनता समाजवादी पार्टीबाट २ र राष्ट्रिय जनमोर्चाबाट २ जना सदस्य छन् ।

कार्यदलकै तहमा सिट बाँडफाँट टुंगो गरेर शीर्ष नेतालाई प्रतिवेदन बुझाउने प्रयास भइरहेको कार्यदलका सदस्यहरूले बताएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्