२७ जेठ २०८३, बुधबार

दार्चुला दुर्घटनाका घाइतेको उपचारमा कुनै कसर बाँकी नराख्न गृहमन्त्रीको निर्देशन

दार्चुला दुर्घटनाका घाइतेको उपचारमा कुनै कसर बाँकी नराख्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाणले दार्चुलाको शैल्यशिखर नगरपालिका–६ उल्लानीमा जिप दुर्घटना हुँदा घाइते भएकाको यथाशीघ्र उपचारको व्यवस्था मिलाउन निर्देशन दिएका छन् । 

उनले जिल्लामा रहेको स्रोत र साधनले नपुगेमा मन्त्रालयमा खबर गर्न पनि सम्बन्धित अधिकारीलाई आग्रह गरे ।

गृह प्रशासन र दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय तथा सुरक्षा निकायका प्रमुखलाई टेलिफोन गरी घाइतेको उपचारमा कमी हुन नदिन निर्देशन दिएका हुन् । 

    जिल्लाको गोकुलेश्वरबाट सदरमुकाम खलङ्गा जाँदै गरेको से१ज ५५१ नम्बरको जिप दुर्घटना हुँदा चार पुरुष र एक महिला गरी पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रजिअ उपाध्यायले जानकारी दिए । 

दुर्घटनामा नौ जना घाइते भएका र तीमध्ये तीन जनाको स्वास्थ्य अवस्था गम्भीर भएको प्रजिअ उपाध्यायले बताए । 

salt training

कमेन्ट गर्नुहोस्