नाडाले नेपालमै पहिलो पटक आयोजना गर्न लागेको इभी एक्सपो २०२२ का लागि स्टल बुकिङ खुल्ला गरिएको छ ।
नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको आयोजनामा आगामी असोज ६ गतेदेखि ९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्न लागिएको प्रदर्शनीका लागि बुकिङ खुला गरिएको हो ।
उक्त इभि एक्सपोका लागि आज बाट भदौ १ देखि भदौ ५ गते सम्मका लागि स्टल बुकिङ्क समेत खुल्ला गरिएको नाडा इभि एक्स्पो २०२२ समितिका सभापति अनुप बरालले जानकारी दिएका छन् ।
नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतीले सम्बन्धित सवैलाई उक्त एक्सपोमा सहभागिताका लागि अनुरोध गर्दै सबैबाट आवश्यक सहयोगको लागि आग्रह समेत गरेका छन् ।