२० असार २०८३, शनिबार

कंलकीमा रहेको खसीबजार हटाउन महानगरको निर्देशन

कंलकीमा रहेको खसीबजार हटाउन महानगरको निर्देशन

काठमाडौं महानगरपालिकाले कंलकीमा रहेको खसीबजार हटाउन निर्देशन दिएको छ ।

महानगरले बिहीवार एक सुचना जारी गर्दै सूचना प्रकाशित भएको १५ दिनभित्रमा खसी बजार सञ्चालन गर्ने व्यवसायीहरूले आफैं वैकल्पिक व्यवस्था गरी खसी बजार हटाउन निर्देशन दिएको हो ।

भाटभटेनीसँगै बल्खु खोलामा जोडिएको ७ रोपनी ८ आना जग्गामा खसी बजार सञ्चालन गरेका कारण नदी प्रदूषण भएको, छरछिमेकलाई बाधा परेको र फोहोरमैलाका कारण वातवरणमा गम्भीर असर परेको भन्दै स्थानीय वासीहरूले सामूहिक उजुरी दिएका थिए ।

सोही अनुसार महानगरले वातावरण सम्बन्धी अध्ययन प्रतिवेदन एवं वडाबाट प्राप्त पत्र समेतको आधारमा उक्त स्थानमा खसी बजार सञ्चालन गर्दा वरपरको वातावरणमा गम्भीर असर पर्ने, नदी प्रदूषण हुने र फोहोर मैलाबाट जटिल समस्या सिर्जना भइरहेको पाइएको बताएको छ ।

१५ दिन भित्र नहटाए कानून अनुसार हटाइने समेत महानगरको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्