
घरेलु टोली वेस्ट इन्डिजले न्युजिल्याण्डविरुद्धको पहिलो एकदिवसीयमा जित हात पारेको छ ।
बारबाडोसमा बिहीबार बिहान भएको खेलमा वेस्ट इन्डिज ५ विकेटले विजयी भएको हो ।
जितसँगै तीन खेलको एकदिवसीय सिरिजमा घरेलु टोलीले १-० को अग्रता बनाएको छ ।
पाहुना टोलीले दिएको १ सय ९१ रनको लक्ष्य घरेलु टोलीले ३९ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो ।
त्यसअघि पहिले ब्याटिङ गरेको पाहुना टोलीले ३९ ओभरको अन्तिक बलमा अलआउट हुदै १ सय ९० रन बनाएको थियो ।