०४ असार २०८३, बिहीबार

रौतहट चन्द्रपुरमा बसले अटो रिक्सालाई ठक्कर दिँदा ३ जनाको मृत्यु

रौतहट चन्द्रपुरमा बसले अटो रिक्सालाई ठक्कर दिँदा ३ जनाको मृत्यु

रौतहटको चन्द्रपुरमा यात्रुवाहक बसले अटो रिक्सालाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ । चन्द्रपुर नगरपालिका २ अन्र्तगत पूर्वपश्चिम राजमार्गको लच्कामा काठमाडौंबाट सर्लाही जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २०१ नम्बरको बसले सर्लाहीबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश २–०२–००१ ह २१०९ नम्बरको अटो रिक्सालाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ ।

उपचारका लागि वीरगन्जतर्फ जाँदै गरेका सर्लाहीको बागमती नगरपालिका वडा नम्बर ५ बस्ने, सोमबहादुर खपांगी मगर, खडकबहादुर मगर र ढकबहादुर लुंगेली मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा घाइते भएकी टेम्पोमा सवार रबिना लुंगेली मगरलाई उपचारका लागि वीरगन्ज पठाइएको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

अटोमा सवार रहेका चारमध्ये तीनजनाको अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रपुरका प्रहरी निरीक्षक प्रविणकुमार शाहले लोकान्तरलाई जानकारी दिए । 

दुर्घटनापश्चात बसका चालक चन्दनकुमार साहलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्