२३ असार २०८३, मंगलबार

नेपाली सेनाको १२औँ टोली सुडान प्रस्थान

नेपाली सेनाको १२औँ टोली सुडान प्रस्थान

संयुक्त राष्ट्र संघको आह्वानमा नेपाली सेनाको टोली पश्चिम सुडान प्रस्थान गरेको छ । दक्षिण सुडानमा कार्यरत श्रीजंग गणको ११औँ डफ्फालाई बदली गर्न बिहीवार बिहान शेर गण (शान्ति सेना) १२ औँ डफ्फा त्यसतर्फ प्रस्थान गरेको हो । 

नेपाली सेनाले विज्ञप्तिमार्फत दिएको जानकारी अनुसार टोलीको नेतृत्व प्रमुख सेनानी मदनजंग कार्कीले गरेका छन् । कार्कीको नेतृत्वमा २३३ जना नेपाली शान्ति सैनिकको टोली राष्ट्र संघको चार्टर विमानमार्फत मिसन इलाका प्रस्थान गरेको हो । 

राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ विगतदेखि नै नेपाली सेनाले विभिन्न मिसनहरूमा सहभागी भई द्वन्द्वग्रस्त मुलुकहरूमा शान्ति स्थापनामा योगदान पुर्‍याउँदै आइरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्