२८ असार २०८३, आइतबार

राष्ट्रपतिको सन्देश निबन्धजस्तो– त्रिपाठी

राष्ट्रपतिको सन्देश निबन्धजस्तो– त्रिपाठी

सूर्य चिह्नबाट चुनाव जितेका जनता प्रगतिशील पार्टीका सांसद हृदयेश त्रिपाठीले नागरिकता विधेयक फिर्ता गर्दा राष्ट्रपतिले पठाएको सन्देश निबन्धजस्तो भएको टिप्पणी गरेका छन् । विधेयकको कुन दफा संविधानविपरित छ भनेर राष्ट्रपतिको सन्देशमा उल्लेख नभएको उनले बताए । 

राष्ट्रपतिको सन्देशसहितको नागरिकता विधेयकमाथि बिहीवार प्रतिनिधि सभामा भएको छलफलमा भाग लिँदै त्रिपाठीले संविधान जारी भएको ७ वर्षसम्म नागरिकता नपाएको विषयलाई गौण बनाइएको आरोप लगाए । 

‘राष्ट्रपतिको सन्देशमा, प्रस्तुत विधेयकका कुन दफा संविधानविपरीत छ भन्ने कुरा पाइएन, संविधानअनुसार यो विधेयक यहाँ अमान्य भएकोले भनिएको भए छलफल हुन्थ्यो’ त्रिपाठीले भने, ‘सन्देश बढी निबन्धात्मकजस्तो लाग्यो ।’ 

नागरिकता विधेयकमा राष्ट्रिय सहमति गर्ने भन्ने विषय कोरा कल्पना भएको उनले टिप्पणी गरे । ‘राष्टिय सहमति २०४८ सालदेखि देख्दैछु, राष्ट्रिय सहमति भनेको गाँजरको बाँसुरी हो, मनलागे बजाइदियो, मनलागे खाइदियो’, उनले भने । 

salt training

कमेन्ट गर्नुहोस्