२८ जेठ २०८३, बिहीबार

नागरिकता विधेयक राष्ट्रिय सहमतिकै आधारमा आएको छः मीन विश्वकर्मा

नागरिकता विधेयक राष्ट्रिय सहमतिकै आधारमा आएको छः मीन विश्वकर्मा

नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले राष्ट्रिय सहमतिकै आधारमा सरकारले ल्याएको नागरिकता विधेयकमाथि राजनीति नगर्न प्रमुख प्रतिपक्ष एमालेलाई आग्रह गरेका छन् । 

२०७२ सालको संविधान, २०६३ सालको अन्तरिम संविधान र केपी ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेशमै आधारित भएर सरकारले ल्याएको सो विधेयकमा कसैले पनि असहमति जनाउनुपर्ने कारण नरहेको उनले बताए । बिहीवार प्रतिनिधि सभा बैठकमा नागरिकता विधेयक माथिको छलफलमा भाग लिँदै सांसद विश्वकर्माले त्यसलाई सर्वसम्मत ढंगले पारित गरिदिन पनि अपिल गरे । 

उनले नागरिकताबाट बञ्चित लाखौँ नेपालीलाई नागरिकता दिने उद्देश्यका साथ आएको सो विधेयक पारित गर्ने काममा विलम्ब गर्न आवश्यक नरहेको पनि बताए । ‘संसदमा बोलेको कुरा नजिर हुने भएको हुनाले हिजो के बोल्यौँ, आज त्यो कुरालाई ख्याल गरेर हामीले बोल्यौँ भने यो सदनमा सर्वसम्मत पास हुन्छ । विलम्ब गर्न जरुरी छैन । त्यसकारण पास गरेर जाउ भन्नका लागि माननीय सदस्यहरूसँग अपिल गर्दछु’, उनले भने । 

सांसद विश्वकर्माले संविधानअनुसार राष्ट्रपतिले विधेयक प्रतिनिधिसभामा पुनर्विचारका लागि पठाउन मिल्ने व्यवस्था भए पनि त्यसमा दलहरू असहमत हुनुपर्ने कुनै कारण नरहेको दाबी गरे । उनले विगतमा सहमति दिने तर अहिले आएर सो विधेयकमा असहमत हुने काम कुनै पनि राजनीतिक दलले गर्न नहुने उनको भनाइ थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्