×

NMB BANK
NIC ASIA

पाटनमा भीमसेन जात्राको तयारी शुरू

भदौ २, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

पाटन दरबार परिसरमा आउँदो शनिवार मनाइने भीमसेन खटजात्राको तयारी शुरु भएको छ । हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन उक्त खटजात्रा हुने भएसँगै सोको तयारी अघि बढेको हो । बिहीवार दिनभरिमा पित्तलको खट बनाएर शनिवार हुने जात्राका लागि तयारी भइरहेको भीमसेन जात्रा सञ्चालक समितिका संयोजक किरणमान प्रधानले बताए । 

Muktinath Bank

उनले भने, ‘मुलुकमा अझै कायम रहेको कोभिड महामारीका कारण विगत दुई वर्ष अघिदेखि हामीले यो जात्रा भव्यताका साथ मनाउन पाएका थिएनौँ, यस पटक भने हर्षाेल्लासका साथ मनाउने तयारी गरिरहेका छौँ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सो जात्रा नेवार समुदायका व्यापारीका लागि सबैभन्दा ठूलो पर्व रहेको प्रधानले जानकारी गराए । सो जात्राका दिन उक्त खटमा बिराजमान भएका भीमसेन मूर्तिलाई पाटनको मंगलबजार हुँदै हखा–सौगल–सुन्धारा– ओकुबहाल–थपाहिटि–बालकुमारी–चक्रबहिल–हौगोल–टिँछु गल्ली–इखालखु–बालखा–पूर्णचण्डी–गाबहाल–बलीम्ह–पिम्बहाल–सुलिम–बालिफल–नकबहिल–क्वालखु–झटापोल–कुम्भेश्वर हुँदै कोबाहाल भएर स्वठः एवं पुनः मंगलबजार भीमसेन मन्दिर परिसरमा उक्त खट ल्याएर राखिने गरिएको समितिका सहसंयोजक वीरेन्द्रलाल श्रेष्ठले बताए । 
उनले भने, ‘यस दिन राति ७.३० बजेपछि मात्र जात्रा सुरु गरी नगर परिक्रमा गर्दै जाने भएकाले राति १२ देखि १ बजे मात्र खटजात्रा सकिन्छ ।’ सो दिन जात्राको खट बोक्न सबैजसो व्यापारी पाटन आउने श्रेष्ठले जानकारी गराए । सो खटलाई जात्राको दिन बिहान मात्र भीमसेन मन्दिर अगाडि लगेर राखिने समितिका कोषाध्यक्ष हरिनरसिंह अमात्यले बताए । 


Advertisment
Nabil box
Kumari

उक्त दिन सो काम सम्पन्न भएसँगै सर्वसाधारणलाई जात्रा सुरु नगरुनजेलसम्म मूर्तिको पूजा तथा आरधना गर्न दिइने अमात्यले जानकारी गराए । जात्रामा काठमाडौं उपत्यकाका साथै भक्तपुर, धुलिखेल एवं बनेपाबाट राति भक्तजन सहभागी हुने गरेका स्थानीय सिद्धिराम श्रेष्ठले बताए । रासस
 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

कात्तिक १९, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो ।  यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x