२१ जेठ २०८३, बिहीबार

‘दुई रुपैयाँ’ को ट्रेलर युट्युबमा दुई नम्बर ट्रेन्डिङमा

कात्तिक २०, २०७४
 ‘दुई रुपैयाँ’ को ट्रेलर युट्युबमा दुई नम्बर ट्रेन्डिङमा

काठमाडौं, १५ साउन – चलचित्र ‘दुई रुपैयाँ’ को ट्रेलर युट्युबमा नेपाल ट्रेन्डिङको दुई नम्बरमा पुगेको छ । तीन दिनअघि रिलिज गरिएको ट्रेलरलाई सात लाखभन्दा बढीले हेरिसकेका छन् ।

दुई रुपैयाँको लागि हुने करोडौंको खेललाई कथावस्तु बनाइएको उक्त चलचित्रमा निश्चल बस्नेत र असिफ शाहको मुख्य भूमिका देख्न सकिन्छ । असिम शाह निर्देशित चलचित्रमा बुद्धि तामाङ, रविन्द्र झा, राजन इशान, मेनुका प्रधान, प्रतीकराज न्यौपाने लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी, राजकुमार उप्रेतीको द्वन्द्व, शिवराम श्रेष्ठको छायांकन रहेको छ ।

चलचित्र आउँदो भदौ २३ गतेबाट प्रदर्शन हुँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्