२७ असार २०८३, शनिबार

‘अस्थायी शिक्षक’को राजनीति, ज्ञानेन्द्र बिन्तीपत्रदेखि सभामुखलाई ज्ञापनपत्रसम्म

कात्तिक २०, २०७४
‘अस्थायी शिक्षक’को राजनीति, ज्ञानेन्द्र बिन्तीपत्रदेखि सभामुखलाई ज्ञापनपत्रसम्म

काठमाडौं – अस्थायी शिक्षकहरुले तथ्य लुकाइ, विपक्षीबाट पेश भएको प्रमाणलाई टेकेर अन्तरिम आदेश नदिइ हजारौं अस्थायी शिक्षकहरुको रोजगारी खोसेको आरोप लगाउँदै न्यायधिश माथि महाअभियोग लगाउन सभामुख समक्ष निवेदन दर्ता गराएका छन् ।

शान्तिवाटीकामा सार्वजनिक जानकारी कार्यक्रम गर्दै अस्थायी शिक्षकहरुले देशभरका पाँचजना अस्थायी शिक्षकहरुले व्यवस्थापिक संसदमा पुगी सभामुख समक्ष निवेदन दर्ता गराएको जानकारी गराए । जनप्रभात मावि कालीमाटीका शिक्षक शरदकुमार मिश्र, शमीभञ्ज्याङ मावि धादिङका शिक्षक बसन्तकुमार श्रेष्ठ, पशुपतिमित्र मावि चावहिल काठमाडौंकी शिक्षक प्रार्थना खनाल, सिर्जनशील जनता मावि काभ्र्रेका शिक्षक डम्मरबहादुर लामा, चामुण्डा मावि जोरपाटीका प्रअ यादव प्रसाद पौडेल, चक्रेश्वर मावि काभ्रेका शिक्षक हरिप्रसाद घिमिरे र सोही
विद्यालयका युवराज दहालले निवेदन दर्ता गराएका कार्यक्रममा जानकारी दिइयो ।

अस्थायी शिक्षकहरुले तालिम, शिक्षक लाइसेन्स नभएर तथा शिक्षा विषय नपढेका, लियन(राख्नेरबस्ने), स्थायीका कार अस्थायी बाट विस्थापित भएका र अस्थायी मध्ये ५१ प्रतिशत शिक्षकको खाइपाई आएको रोजगारी
खोस्ने बदनियत राखी शिक्षक सेवा आयोगले २०६१ मा भएको विज्ञापन नै लुकाएर पठाएको पत्रका अधारमा अन्तरिम आदेश नदिने न्यायधिशहरु तथा एउटा विज्ञापन नै लुकाइ पत्र लेख्ने आयोगका अध्यक्ष लगायतका कर्मचारीहरुलाई विभागिय कार्बाही गर्न माग गर्दै निवेदन दिएका हुन् ।

शिक्षक सेवा आयोगले आयोग नियमावली २०५७ को तेस्रो संशोधन २०६०–१२–१६ पछि पहिलो विज्ञापन २०६९, दोस्रो २०७१, तेस्रो २०७२ र २०७३ चैत्र २३ के विज्ञापन चौंथो भएको व्यहोराको पत्र गत असार ४ गते च.नं. १३०५ बाट लेखेको र सो पत्र बहसको क्रममा सरकारी वकिलबाट पेश भएको व्यहोरा सर्वोच्चको पूर्ण इजलाशको आदेशमा उल्लेख भएको र सोही आधारमा पीडित अस्थायी शिक्षकलाई अन्तरिम आदेश नदिइएको निवेदनमा जिकिर गरिएको छ ।

‘एउटा विज्ञपनको व्यहोरा नै लुकाइ सवै योग्य नागरिक उम्मेदवार हुन पाउने गरी खेखिएका २०६९, २०७० र २०७१ को विज्ञापनसँग अस्थायी शिक्षक मात्रै उम्मेदवार बन्न पाउने गरी खोलिएको विज्ञापनलाई जोडी चौंथो विज्ञापन भन्दै अन्तरिम आदेश नदिने न्यायधिशलाई कार्यक्षमताको अभावमा महाअभियोगको प्रक्रिया अगाडी बढाईं पाउँ ।’
निवेदनमा भनिएको छ ।

कार्यक्रममा अधिवक्ता कोषराज काफ्लेले एउटा विज्ञापन भएको विषय नै लुकाएर बदनियत पूर्वक आदेश नदिएकाले नै न्यायधिशहरुमाथि महाअभियोग लगाउन समामुख समक्ष आग्रह गरिएको जानकारी दिए । यसअघि उनीहरुले ज्ञानेन्द्रलाई बिन्तीपत्र बुझाउनुका साथै सेनालाई हस्तक्षेपको आमन्त्रण गर्दै ज्ञापनपत्र बुझाएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्