कात्तिक २४, २०८०
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
‘सयौं फूलहरू फूल्नदेऊ’ (सन १९५६) तथा सोच्ने साहस गर र कदम चाल्ने ताकत राख (सन् १९५८) लगायत महत्त्वपूर्ण ११ नाराले चीनको सोच्ने तरिका, मानिसको जीवन पद्धति, अभूतपूर्व विकासका लागि दृढ संकल्प र संसारमाथि प्रभुत्वका लागि महाशक्ति अमेरिकासँगको प्रतिष्पर्धामा उभ्याइदियो । विकासका लागि स्पष्ट स्लोगानसहितको बोल्ड नेतृत्व जरुरी हुन्छ । जसको सामाजिक स्वीकार्यताको दायरा अरू भन्दा फराकिलो होस् ।
चिनियाँ शैलीको शक्तिशाली नेतृत्वको त हामी परिकल्पना गर्न सक्दैनौं तर पूर्वी अछामको विकासका लागि एक दृढइच्छाशक्ति भएको व्यक्ति आवश्यक छ, जसले भिजनसहित केन्द्र, प्रदेश र स्थानीय तहको समन्वयसहित विकासको मोडल दिन, लागू गर्न र त्यसलाई सम्पन्न गर्न सकोस् ।
हामीलाई थाहा छ, छिमेकी भारतमा भाजपाले फाइल बढुवाका आधारमा लालकृष्ण आडवाणी हुँदै सबै सिनियर नेताहरूको वरीयताक्रमका आधारमा निर्वाचनमा जाने परम्परागत निर्णय यथावत राखेको भए नरेन्द्र मोदी प्रधानमन्त्रीको उम्मेदवार बन्ने थिएनन्, उनीविना भाजपाले चुनाव जित्ने थिएन । मोदीबााहेक अरू कसैको लोकप्रियताले कांग्रेस आईलाई चुनौती दिन सम्भव थिएन ।
संसारका हरेक मुलुकमा जुन नेतृत्वप्रति जनताको सकरात्मक रुझान छ, त्यसैलाई जिम्मेवारी सुम्पनुको विकल्प हुँदैन । मुलुकभित्र पनि हरेक स्तरमा त्यो लागू हुन्छ । अछामका पार्टीहरूले यस विषयलाई ध्यान दिनु उपयुक्त हुन्छ ।
अब पूर्वी अछामको वास्तविक धरातलतर्फ प्रवेश गरौं । कैलाश खोलादेखि सेती र कर्णाली दोभानसम्म विशाल भू–भाग ओगटेको अछाम क्षेत्र नं. २ का गाउँ बस्तीहरू आफ्नो ऐतिहासिक विकासक्रमको शुरुआती चरणदेखि नै पिछडिएका छन् । स्रोत साधन र सम्पदाले भरिपूर्ण त्यस क्षेत्रको विकास राजनीतिक–आर्थिक–सामाजिक–सांस्कृतिक दृष्टिले निकै यथास्थितिमा छ ।
सेती र कर्णाली किनारका ठूला फाँटहरू सिँचाइको अभावमा छन् । नदी किनारबाट दुईचार किलोमिटर माथिको रेन्जमा उर्बर जमिनहरू कहीँ बाँझो छन्, कतै मुस्किलले किसानहरूले एक वा दुई बालीसम्म लगाउँछन् । ती सबै बालीनालीहरू आकाशेपानीको भरमा छन् । दुईटा नगरपालिका र दुईटा गाउँपालिका अहिले पनि या त सोलार जडानको सहारामा छन् या त लाल्टिन र टुकीकै सहारामा छन् ।
नगरपालिकाको केन्द्रमा एकाध ठाउँमा पोल गाड्ने र बत्ती झुन्ड्याउनेबाहेक विद्युतीकरणमा कुनै प्रगति हुन सकेको छैन । तर अछामको क्षेत्र नं. २ सँग नेपालको ६० प्रतिशत बढी भू–भागलाई विद्युत् उपलब्ध गराउन सक्ने क्षमता छ । तुर्माखाँद गा.पा.मा रहेको ९०० मेगावाटको अपर कर्णाली र तुर्माखाँद–ढकारी सीमा क्षेत्रको ४३९ मेगावाटको वेतान कर्णाली गरी झण्डै साढे १३ सय मेगावाट विद्युत् यहाँ उत्पादन गर्न सकिन्छ ।
अपर कर्णालीसँगै शुरू भएका अन्य परियोजनाले ६० प्रतिशत काम सम्पन्न गरिसके, तर जी.एम.आर. मातहतको अपरकर्णाली कहिले शुरू हुन्छ भन्ने कुराको सुनिश्चितता छैन । काम गर्ने वातावरणको ग्यारेन्टी स्थानीय स्तरबाट हामीले गर्छौंं लगानीको ग्यारेन्टी गर्न तिमी असक्षम हो भने परियोजनाबारे पुनर्विचार गर्नुपर्ने भयो भनेर जी. एम. आर. बारे एक जना जनप्रतिनिधिले आवाज उठाएन ।
वेतान कर्णालीमा सुर्खेत अछाम जोड्ने बेलिब्रिजदेखि, विद्युत् गृह, हेड टनेल, बेसक्याम्प हाउस, डाइभर्सन टनेल, बाँधस्थल कहाँनेर राख्ने ? सुर्खेत र अछामको समन्वयमा कसको भूमिका के हुने यस्ता विषयमा जनप्रतिनिधि र पार्टीको केन्द्रीय समितिमा रहेका साथीहरूले कहिल्यै आवाज उठाएनन्, किनकी साथीहरूलाई यस्ता विषयमा चासो र सरोकार नै छैन । बरु अब सहयोग लिने बारेमा चाहिँ सोच्दै होलान् ।
विकास विषमताको अत्याधिक मार कसैले व्यहोरेको छ भने सबैभन्दा बढी त्यही क्षेत्रले व्यहोरेको छ । पञ्चायती व्यवस्थादेखि निर्माणको चर्चा चलेको जंगलघाट पुल गणतन्त्र आउँदा पनि निर्माणकार्य अघि बढ्दैन । त्यो क्रमागतमै रहँदा साथीहरूलाई फाइदा हो वा त्यसका विषयमा आवाज उठाउँदा राजनीतिमा प्रोमोसनको मार्किङ घट्छ थाहा छैन ।
नोटिस हेर्ने मौका पाए बधाई खाने र उद्घाटनको शैलीमा प्रचार–प्रसार गर्ने हाम्रो बानी छ । कैलालीदेखि बाजुरा छुने चिसापानी जंगलघाट बाटो राष्ट्रिय राजमार्गमा समावेश छैन । सडक विभाग र पुल महाशाखा पुगेर हेर्दा साथीहरूको पहलबारे प्रस्ट हुने अवसर पाएकाले सस्तो प्रचारले पूर्वी अछामलाई भोट बैंक बनाउने पुरानो रोगबाट हामी राजनीतिकर्मीहरू मुक्त होऔं भन्ने मेरो आग्रह हो ।
गम्भीरताका साथ आत्मसमीक्षा गर्ने हो भने हामीले त्यस क्षेत्रका खानीहरू, विभिन्न सम्पदाहरू, बहुमूल्य वनस्पति, अमूल्य पुरातत्त्व र त्यस्ता क्षेत्रहरूको पहिचानका लागि कति रुचि देखायौं ? अथाह सम्भावना बोकेको कृषि, हाइड्रो र पर्यटनबारे कतिवटा सार्वजनिक सुनुवाइ गर्यौं ? केन्द्रमा कतिवटा डेलिगेसन गयौं ? युवाहरूलाई कति सचेत गरायौं ? आदि ।
वास्तवमा हामीले जनतालाई मुर्ख बनायौं भन्ने भ्रम पालिरहँदा हामी आफैँ मुर्ख र असक्षम भइसक्यौं भन्ने कुरालाई बिर्सन हुँदैन, किनकी हामीकहाँ यातायातको सुविधा छैन । नदी तर्न पुल छैन । विद्युत् छैन । सिञ्चाइ छैन । गतिलो अस्पताल छैन । शिक्षण संस्थाहरूको अवस्था यति निराशाजनक छ कि हाम्रो जनशक्ति अबका केही वर्षमा विश्व बजारमा होइन, स्थानीय बजारका लागि समेत निकम्मा हुन बेर छैन । यी सबै कुराको जिम्मेवारी र जवाफदेहिता कसको हो ? आजको युगमा यति हालत खराब भएको क्षेत्रको नेता को हो ? अरूले हामीमाथि प्रश्न गर्दैन ?
अत्याधुनिक सुविधासम्पन्न बन्ने होडमा अस्पतालहरू हेलिप्याडसहित बनेका छन् तर हामीकहाँ विगत ३० वर्षदेखि सपनाका रूपमा अगाडि सारिएको कमलबजार एयरपोर्टमा वर्षमा एक दुईपटक हेलिकप्टर बस्यो भने हामी त्यस एयरपोर्टप्रति गौरव गर्छौं । त्यस एयरपोर्टले कुनै दिन यात्रु सहितका विमानलाई दर्शन गर्ने मौका पाउँछ वा पाउँदैन त्यो अनिश्चित छ ।
सडकको कुरा गर्नुहुन्छ भने कैलालीको लम्कीबाट पूर्वी अछामका बस्तीहरूमा पुग्न ३ घण्टाको दुरी हो । तर हामी झण्डै १५ देखि १८ घण्टाको यात्रा गर्न बाध्य छौं । कर्णाली राजमार्गको तल्लो डुंगेश्वरबाट नदी तर्न पाए ५ मिनेटको दुरी पार गर्न झण्डै एक सय कि.मी. यात्रा गर्नुपर्ने थिएन । ठीक त्यही हालत सेती र कर्णाली पार गरी सुर्खेत डोटी र कैलालीसँग सम्पर्क गर्नुपर्ने ढकारी गा.पा.को छ ।
यद्यपि आगामी ५–७ वर्षभित्र यी बाध्यताहरूको अन्त्य गर्ने हाम्रो प्रयास जारी छ । तर जनताका यी ज्वलन्त समस्यामा हामी संघ र प्रदेशका जनप्रतिनिधिहरू तथा पार्टीको केन्द्रमा रहेका साथीहरूले आफूलाई कहिल्यै लज्जित महसूस गरेनौं । के हाम्रो डायरीबाट लाजशरम हराएकै हो ?
शिक्षाको कुरा गर्दा प्राविधिक शिक्षाका लागि हामीसँग शिक्षणसंस्थाहरू छैनन् र बाहिरबाट पढेर जानेहरूलाई रोजगारीको सुनिश्चितता छैन । माध्यामिक तहको शिक्षाका लागि वि.व्य.स., अभिभावक र शिक्षकबीच गम्भीर छलफल गरी त्यसको सकरात्मक परिणामका लागि राम्रो गर्नेलाई प्रोत्साहन र नराम्रो गर्नेलाई दण्डको व्यवस्था गरौं भन्ने विषयमा जनप्रतिनिधि साथीहरूले कहिल्यै कुनै विद्यालय अभियान चलाउनुभयो ?
स्वास्थ्यको हालत हेर्नुस्, निर्वाचन क्षेत्र नं. २ मा औसतमा २ सय बढी वर्ग कि.मी.को क्षेत्रफल भएका पालिकाहरू छन् । एउटा वार्डबाट अर्को वार्डमा मोटरसाइकलमा आवत–जावत गर्न समेत कठिन छ । त्यस्तोमा पालिकाहरूले एउटा एम्बुलेन्स राखेका छन् । एउटा एम्बुलेन्सको कभरेज एरिया कति हो, त्यस एम्बुलेन्सको राडारमा सर्वसाधारण बिरामी पर्छन् कि पर्दैनन्, यस्ता अनगिन्ती कठिनाइहरू स्वास्थ्यमा छन् । संसद् कोष परिचालन गरी एम्बुलेन्स ल्याउने योजनाका हालतहरू के भए ?
हामी नागरिकको स्वास्थ्यप्रति कति संवेदनशील छौं ? हामी गर्भवती आमा र नवजात शिशुको सुरक्षाप्रति कति संवेदनशील छौं ? हामी वृद्ध, अपाङ्ग, अशक्त र असहाय नागरिकको सामाजिक सुरक्षाप्रति कति चिन्तित छौं ? यस्ता कुनै विषयले हामीलाई छुन नपर्ने, तर उमेर र पार्टी आन्दोलनमा सहभागी भएको फाइल बढुवाकै आधारमा हामी टिकटका लागि मरिहत्ते गर्ने ?
४८ सालयता ३० वर्षमा ६ पटक निर्वाचन भइसक्यो । प्रतिनिधिसभाका सांसदहरू निर्वाचित भएर संसद् भवन पुगेकै छन् । राष्ट्रियसभा र समानुपातिकबाट संसद् भवन पुगेकै छन् । प्रदेशमा निर्वाचित र समानुपातिक सांसदहरू प्रदेशको संसद् भवन पुगेकै छन् । त्यसकारण हामी कहाँ नेतृत्वको खडेरी होइन, इच्छाशक्ति भएको, जिम्मेवार, विकासप्रति संवेदनशील र जनताप्रति उत्तरदायी नेताको मात्रै खाँचो हो । नेतृत्वका लागि भौगोलिक सन्तुलन, तलदेखि माथिसम्म सम्पर्क र समन्वय गरी विकासका बारेमा आफ्ना धारणा प्रखर रूपमा राख्न सक्ने व्यक्तिको खाँचो हो ।
बरु हामी नेताहरूको घरदैलो कार्यक्रममा सक्रिय भइरहेको यही समयमा भनौं नेताज्यू हामी टिकट माग्न आएका होइनौं, हामीले आफ्नो निर्वाचन क्षेत्रमा गर्नुपर्ने काम गर्न सकेनौं, जनताले कुनै वाद, विचारधारा, दर्शन र सिद्धान्तभन्दा पनि विकासप्रेमी व्यक्तिको खोजी गरेका छन् । हामी टिकट लिएर जनताको घरदैलोमा जाँदा अनगिन्ति प्रश्नहरूको वर्षा हुनेछ जसको सामना गर्ने र चित्तबुझ्दो जवाफ दिने ल्याकत हामीले राखेका छैनौं । त्यसैले यसपटक फलानोलाई टिकट दिनुस्, हामी व्याक साइडमा बसेर पार्टी चलाउँछौं ।
हामीबाहेक यो निर्वाचन क्षेत्रमा अरूले टिकट पाए हाम्रो राजनीतिक भविष्य के होला भन्ने चिन्ताले तल निर्वाचन क्षेत्रका जनतामा पूरै पकड भएझैं भ्रम पार्टी नेताहरूलाई नदिनुस् । पार्टी सत्ता र राजकीय सत्ताबाहिर रहँदा पनि काम गर्न चाहेका, प्रयास गरेका र त्यस क्षेत्रको विकासमा साँच्चै चिन्तित रहेका केही साथीहरू सबै पार्टीमा छन् । तपाईंहरूले आफ्नो टिकटका लागि जुनसुकै हद पार गर्ने ढंगले पार्टी नेतृत्वकहाँ गफ हाँक्दा जनताले पत्याउँछन् कि पत्याउँदैनन् भन्नेबारे धेरै पटक सोच्नुस् ।
संघ होस् वा प्रदेश चुनाव लड्दा आफ्नो पालिकाबाट हजार–पन्ध्र सय भोट लिने अवस्था के छ, त्यस चुनौतीबारे पनि ख्याल गर्नुपर्छ ।
राजनीति र वरीयता निर्वाचनताका टिकट लिने उद्देश्यबाहेक अरू समयमा सो गर्न नसक्ने यहाँहरूको अवस्थाले जनता आजित छन्, विकास ठप्प छ । निराशा व्यापक छ र भविष्य बर्बाद छ । यसपटक पुराना गल्ती नदोहोर्याँऊ । यसपटक आराम गरेर हेर्नुस् । काम कसरी गर्नुपर्छ भन्ने विषयमा हामी पाँच वर्षमा एउटा ब्लु प्रिन्ट दिन्छौं ।
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...