काठमाडौं, १५ साउन– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको हिमाली क्षेत्रमा पूर्वदेखि पश्चिमसम्मका व्यापारिक नाकाहरु खुला गर्ने विषयमा चिनियाँ सरकारका प्रतिनिधिहरुसग छलफल गरेको बताएका छन् ।

बालकोटस्थित आफ्नै निवासमा आज बसेको नेकपा एमालेको स्थायी कमिटिको बैठकमा अध्यक्ष ओलीले चीनको तिब्बत र मानसरोबर भ्रमणका क्रममा चीनियाँ कम्युनिस्ट पार्टी तथा चिनियाँ सरकारका प्रतिनिधिहरूस“गको भेटघाटका क्रममा भएका विषयवस्तुहरूको बारेमा बैठकमा जानकारी गराएका हुन् ।
चिनियाँ प्रतिनिधिसँगको भेटवार्तामा ओलीले सिन्धुपाल्चोकको तातोपानी नाका पुनः सञ्चालन गर्न चिनिया“ सरकारको ध्यानाकर्षण गरेको र यसप्रति चीन सकारात्म हरेको जवाफ पाएको बैठकमा जानकारी दिए ।
बैठकले स्थानीय तहको निर्वाचनअन्तर्गत विभिन्न जिल्लामा जिल्ला समन्वय परिषद्का लागि प्रमुख र उपप्रमुखको उम्मेदवारी टुंगो लगाएको छ । बैठकले पार्टी जिल्ला कमिटीको सिफारिस तथा प्रदेश संगठन कमिटीको सिफारिस र रायसुझावको आधारमा विभिन्न जिल्ला समन्वय परिषद्का प्रमुख तथा उपप्रमुखको उम्मेदवारी निर्णय गरेको छ । जुन यस प्रकार छ ।
रामेछापः प्रमुख पे्रमबहादुर खड्का, उपप्रमुख दीपा पाख्रिन, रसुवा : प्रमुख कुलप्रसाद भट्ट, उपप्रमुख छोपेमा तामाङ्नी, मकवानपुर : प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुडासैनी, भक्तपुर : प्रमुख नवराज गेलाल, उपप्रमुख सरिता कु“वर, डोल्पा : प्रमुख शेरबहादुर बुढा, सल्यान : उपप्रमुख कुलबहादुर गिरी, कालिकोट : प्रमुख पे्रमबहादुर शाही, उपप्रमुख सरिता आचार्य, जाजरकोट : प्रमुख गोरे कार्की, उपप्रमुख कमलादेवी शाही, हुम्ला : उपप्रमुख खगेन्द्र कार्की
सुर्खेत : प्रमुख टोपबहादुर राजकोटी, उपप्रमुख दीपा मल्ल, मुगु : प्रमुख पुर्णबहादुर रोकाय, उपप्रमुख कर्णशिला मल्ल, खोटाङ : प्रमुख बबी चाम्लिङ, उपप्रमुख गोमा खत्री, इलाम : प्रमुख गणेश बराल, उपप्रमुख चित्रकला बराइली, बझाङ : प्रमुख खड्गबहादुर खड्का, उपप्रमुख भागिरथी अवस्थी जोशी, काभ्रे जिल्लाको निम्ति सिफारिस भएका नामहरूमध्ये जिल्ला नेतृत्वसँग आवश्यक छलफल गरी पार्टी केन्द्रीय अध्यक्षसँग राय परामर्श गरी उम्मेदवारको टुंगो लगाउने जिम्मा प्रदेश नं. ३ का संयोजक अष्टलक्ष्मी शाक्यलाई जिम्मेवारी दिइएको छ ।
वैठकले कतिपय जिल्लाहरूमा विभिन्न पार्टीसँग तालमेल गर्नुपर्ने अवस्थामा उम्मेदवार हेरफेर गर्नुपरेमा प्रदेश संगठन कमिटीको नेतृत्वसँग राय परामर्श गरी पार्टी केन्द्रसँग पूर्व स्वीकृति लिई सम्बन्धित जिल्ला कमिटीले गर्न सक्ने निर्णय गरेको छ ।
अन्य जिल्लाहरुको उम्मेदवारी टुंगो लगाउन तथा राष्ट्रिय राजनीति र समसामयिक विषयमा छलफल बैठक भोलि पनि बस्ने सचिव योगेश भट्टराईले जानकारी दिए ।