
माओवादी केन्द्रको भ्रातृ संगठन वाईसीएलमा ६१ सदस्यीय पदाधिकारी बनाइएको छ । जसको अध्यक्षमा सुवोध श्रीपाली चयन भएका छन् ।
आइतबार राजधानीमा सम्पन्न राष्ट्रिय भेलाबाट श्रीपालीलाई अध्यक्षमा चयन गरिएको वाईसीएलका नेता पुष्प वलीले जानकारी दिए । यस्तै महासचिवमा गणेश शाही चयन भएका छन् । उनका अनुसार केन्द्रीय समिति ३५१ सदस्यीय घोषणा भएको छ ।