०४ असार २०८३, बिहीबार

प्रदेशसभाको बैठकमा यातायातसम्बन्धी विधेयक प्रस्तुत

प्रदेशसभाको बैठकमा यातायातसम्बन्धी विधेयक प्रस्तुत

सुदूरपश्चिम प्रदेशसभाको जारी दशौँ अधिवेशन (बजेट अधिवेशन)अन्तर्गत आज बसेको बैठकमा सुदूरपश्चिम प्रदेश सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक टेबुल गरिएको छ ।

भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीले उक्त विधेयक टेबुल गरेका हुन्। बैठकमा अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिका सदस्य कृष्णराज सुवेदीले समितिमा दफावार छलफल भई तयार पारिएको प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्