
वन तथा वातावरणमन्त्री प्रदीप यादवले विकासका क्षेत्रमा नमूना काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल वातावरण पत्रकार समूहले आज आयोजना गरेको वातावरण संरक्षण दीगो विकासका वर्तमान चुनौती विषयक कार्यक्रममा उनले आफू र आफ्नो मन्त्रालय विकासको बाधक नभएको बताए ।
उनले भने, “म र मेरो मन्त्रालय विकासको बाधक होइन, म जति दिन मन्त्रालयमा रहन्छु, त्यति दिन नमूना काम गर्नेछु ।” मन्त्री यादवले वन तथा वातावरण मन्त्रालय ताली खानेभन्दा पनि गाली खाने मन्त्रालय भएको उल्लेख गर्दै भने, “रुख काट्ने अनुमति दिउ मन्त्रीले वन विनाश ग-यो, वनमारा मन्त्री आयो भनेर गाली गर्छन्, रुख काट्ने अनुमति नदिउ विकास रोक्यो, विकास विरोधी मन्त्री आयो भन्छन् ।”
मन्त्री यादवले आमनागरिक, नागरिक समाज, विज्ञ एवं पत्रकारका राय, सुझावका आधारमा आफूले काम गर्ने प्रतिबद्धता बताए ।