०५ असार २०८३, शुक्रबार

कोरोना संक्रमित हुनेभन्दा निको हुने धेरै

कोरोना संक्रमित हुनेभन्दा निको हुने धेरै

आइतवार देशभर थप २८६ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । ४ हजार ४२३ जनाको नमूना परीक्षण गरिएको थियो । 

१ हजार ८१६ जनाको पीसीआर र १ हजार ६०७ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थप ४ हजार ३४३ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । आइतवार थप ४७९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

यससँगै कोरोनाबाट मुक्त हुनेको संख्या ९ लाख ७८ हजार ९०१ पुगेको छ । संक्रमण मुक्त हुने दर ९८ दशमलव ४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

हाल सक्रिय संक्रमितको संख्या ४ हजार ३४८ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९९२ पुगेको छ । हाल होम आइसोलेसनमा ४ हजार १५५, संस्थागत आइसोलेसनमा १९३, आईसीयूमा ५१ र भेन्टिलेटरमा ५ संक्रमित छन् । 

salt training

कमेन्ट गर्नुहोस्