
प्रतिनिधिसभा बैठक सोमबार बस्दैछ । दिउँसो १ बजेका लागि तय भएको बैठकमा शोक प्रस्तावसम्बन्धी एकमात्रै कार्यसूची तय गरिएको छ । संघीय संसद सचिवालयका अनुसार सभामुख अग्नि सापकोटाले काँग्रेस नेता प्रदीप गिरिको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछन् ।
शनिबार निधन भएका उनको आइतबार अन्तिम संस्कार गरिएको थियो ।