०५ साउन २०८३, मंगलबार

डेरा कोठा खोजिरहेकी युवतीसामु घरधनीले यस्तो शर्त राखेपछि ...

भदौ ६, २०७९
डेरा कोठा खोजिरहेकी युवतीसामु घरधनीले यस्तो शर्त राखेपछि ...

डेरामा बस्ने व्यक्तिसामु घरधनीले अनेक शर्त राख्छन् । नियमित सरसफाइ गर्नुपर्ने, होहल्ला गर्न नपाइने, धेरै पाहुना ल्याउन नपाइने जस्ता आम शर्त हुन्छन् ।

तर भारतमा एउटा अनौठो घटना भएको छ, जसमा डेरा खोज्ने युवती हिन्दू नभएका कारण उनले कोठा पाइनन् । 

डेराबारे कुराकानी गर्दा ह्वाट्सएप च्याटमा नाम सोधिएको छ । उनले आफ्नो नाम भनिन् – हैफ । त्यसपछि हिन्दू हो कि होइन भनेर सोधियो । हैफले होइन भनिन् । त्यसपछि कोठा उपलब्ध रहेको भए पनि हिन्दू व्यक्ति मात्रै बस्न पाइने जवाफ दिइएको थियो ।

आफूले कोठा नपाएपछि हैफले यो शर्त सामाजिक सञ्जालमा शेयर गरेकी छन् । यस्तो शर्तमा सामाजिक सञ्जालमा थरिथरि प्रतिक्रिया आइरहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्