
सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसीले लेखेको एक लेखप्रति एमाले अध्यक्ष केपी ओलीले आपत्ति जनाएका छन् ।
‘बलराम नाममा पूर्वन्यायाधीशले लेख लेखेका छन्, नागरिकता विधेयकका नाममा राजनीति भनेर । कांग्रेस भएपछि पूर्वन्यायाधीश भइसक्दा पनि बुद्धि ठेगानमा आउने रहेनछ । संविधान बुझेका रहेनछन्, कसरी बीएल पास भए ? कसरी न्यायाधीशमा छानिए ? के न्याय दिएका होलान् मानिसलाई ?’, ओलीले भने ।
राष्ट्रपति विद्या भण्डारीले नागरिकता विधेयक पुनर्विचारका लागि प्रतिनिधि सभामा फिर्ता गरेर राजनीति गरेको भन्दै केसीले सोमवार एक दैनिक पत्रिकामा खेल लेखेका थिए ।
राष्टपतिले विचार गर् भनेर संसद्मा पठाएपछि संसद्ले विचार गर्नुपर्नेमा संविधानले नचिन्ने गठबन्धनका पाखुरेले चुनौती दिएको ओलीले आरोप लगाए ।