२४ जेठ २०८३, आइतबार

कर्मचारीको तलबबारे अध्ययन गर्न तीन सदस्यीय समिति गठन

कर्मचारीको तलबबारे अध्ययन गर्न तीन सदस्यीय समिति गठन

एकै तहका कर्मचारीहरूको तलब समान बनाउनका लागि सरकारले पूर्वमूख्य सचिव लिलामणी पौड्यालको संयोजकत्वमा ३ सदस्यीय सिफारिस समिति गठन गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । 

एकै तहमा रहे पनि तलब असमान भएको भन्दै निजामती कर्मचारीहरूले आन्दोलन गरेको थियो । बजेटमा सबै कर्मचारीहरूको तलब १५ प्रतिशतले बढाइएको भए पनि अर्थ मन्त्रालयले माथिल्लो तहका कर्मचारीहरूको तलब २३ प्रतिशतले वृद्धि गर्न खोज्दा नायब सुब्बाहरूले विरोध गरेका थिए । 

त्यसपछि अर्थमन्त्री जनार्दन शर्माले उक्त निर्णय लागू नहुने तथा उच्चस्तरीय समिति गठन हुने भन्दै आश्वासन दिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्