०१ साउन २०८३, शुक्रबार

केकेएम/एनआरटी खुला टेबलटेनिस असोजमा सञ्चालन हुने

केकेएम/एनआरटी खुला टेबलटेनिस असोजमा सञ्चालन हुने

खेल मण्डल (केकेएम)/न्यु रोड टिम (एनआरटी) को आयोजनामा केकेएम÷एनआरटी खुला टेबलटेनिस प्रतियोगिता असोज ४ गतेदेखि हुने भएको छ । प्रतियोगितामा विभिन्न ११ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक संस्थाका अध्यक्ष सुन्दरनरसिं जोशीले जानकारी दिए । सोमवार आयोजित पत्रकार सम्मेलनमा उनले प्रतियोगितामा ५ भेट्रान स्पर्धा पनि रहेको बताए । 

भेट्रानबाहेक सबै स्पर्धामा नगद पुरस्कार राखिएको छ । पुरुष/महिला सिंगल्समा पहिलो हुनेले ५० हजार, दोस्रोले २५ हजार र तेस्रोले १०/१० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । जुनियर ब्वाइज/गल्र्स सिंगल्स (यु–१९) तथा क्याडेट ब्वाइज/गल्र्स सिंगल्स (यु–१५) मा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय/२ हजार ५ सय नगद पुरस्कार हात पार्ने छन् ।

प्रतियोगिता सञ्चालन गर्न करिब १० लाख ४५ हजार रुपैयाँ खर्च हुने आयोजकका सदस्य नवीनबहादुर शाक्यले जानकारी दिए । प्रतियोगितामा विदेशी खेलाडीको पनि सहभागिता रहने बताइएको छ । ५ दिने प्रतियोगिताका खेलहरू लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्