
भारतले श्रीलंकालाई २१ हजार टन मल हस्तान्तरण गरेको छ ।
विशेष सहयोग कार्यक्रम अन्तर्गत भारतले सोमबार श्रीलंकालाई २१ हजार टन मल उपलब्ध गराएको छ । हालैका महिनाहरूमा यो दोस्रो पटक भारतले संकटग्रस्त टापु राष्ट्रका किसानहरूलाई सहयोग गर्न मल पठाएको छ।
श्रीलंकाको चलिरहेको याला खेतीको सिजनमा कुनै अवरोध आउन नदिन भारतले मे महिनामा श्रीलंकालाई ६५ हजार मेट्रिक टन युरिया उपलब्ध गराउने आश्वासन दिएको थियो। श्रीलंकामा धान रोप्ने सिजन मेदेखि अगस्टसम्म चल्छ।