०४ साउन २०८३, सोमबार

आज विप्लव सहितका ४ कम्युनिस्ट पार्टीको देशव्यापी आन्दोलन

आज विप्लव सहितका ४ कम्युनिस्ट पार्टीको देशव्यापी आन्दोलन
फाइल फोटो

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा सहितका ४ कम्युनिस्ट घटकले आज देशव्यापी आन्दोलन गर्दैछन् ।

पूर्व घोषित कार्यक्रम अनुसार मंगलवार नेपाल बन्द आह्वान गरिएको छ ।

गत साउन २७ गते जारी एक वक्तव्यअनुसार ४ कम्युनिस्ट घटकले बन्द सहितका चरणबद्ध आन्दोलनको घोषणा गरेका थिए ।

गठबन्धन सरकारले गरेको एमसीसी सम्झौता, ३ बुँदे सहमतिविपरीत विप्लव सहितका नेताहरूमाथि भएको पक्राउ पुर्जी लगायतको विरोधमा आन्दोलनको कार्यक्रम तय गरिएको संयुक्त वक्तव्यमा उल्लेख थियो ।

जसअनुसार भदौ १ गते देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, भदौ ४ गते देशव्यापी विरोधसभा, भदौ ६ गते देशव्यापी मसाल जुलुस र भदौ ७ गते नेपाल बन्द गर्ने कार्यक्रम तय गरिएको थियो ।

यस्तो छ प्रेस वक्तव्य – ​

salt training

कमेन्ट गर्नुहोस्